महिला जनप्रतिनिधिका लागि पाँच दिने उद्घोषण तालिम
मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित

बर्दिया,फागुन ८(फरकसमाचार)/ बारबर्दिया नगरपालिकाका वडामा निर्वाचित भएका महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा क्षमता विकासका लागि उद्घोषण तालिम सुरु भएको छ । उद्घोषण तालिम आइतबार देखि सुरु भएको हो । तालिमको उद्घाटन बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्ना कुमारी पाण्डेले उद्घाटन गरेकी थिईन् ।

बारबर्दिया नगरपालिकाको ११ वटै वडामा निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको तालिम ५ दिन सम्म रेडक्रस बारबर्दिया शाखाको हलमा सञ्चालन भएको छ । तालिम आइतबार देखि बिहबारसम्म चल्नेछ । तालिममा सहभागितालाई प्रमुख प्रशिक्षक मेनका कुमारी चौधरी र पुष्पा चौधरी लगाएतले सहजिकरण गर्ने छन् ।

तालिममा भाषणकला, उद्घोषण कला, जनतालाई वडाबाट दिने सुबिधा क्रममा अवलम्बन गर्ने स्वभाब, व्यवहार, वडामा हुने योजना तर्जुमा र कार्यान्वयन सहित व्यक्तित्व बिकासका लागि आवश्यक बिषयहरुमा तालिम दिइने छ । बारबर्दिया नगरपालिकाको आर्थिक सहयोग र सञ्चारीका समुह बर्दियाको आयोजनामा तालिम संचालन भएको छ ।

तालिममा निर्वाचित भएको २ बर्ष हुन लाग्दा पनि महिला नेतृहरु उभिएर आफ्नो परिचय दिन, निर्धक्कसंग आफ्नो कुरा राख्न नसकिरहेको अवस्था भएको बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्ना कुमारी पाण्डेले बताईन् । भौतिक बिकासका साथसाथै महिलाहरुको नेतृत्व तथा क्षमता बिकासलाई पनि संगसंगै अगाडि लग्नु पर्ने उनको भनाई छ । महिलाहरुलाई सिप मुलक कार्यक्रम, आयआर्जका कामसंगसंगै जोडिएर लगियो भने बारबदियाको बिकासमा टेवा पुग्ने उप–प्रमुख पाण्डेको भनाई छ ।

अहिले निर्वाचित महिला जनप्रतिनिधिहरु ताली बजाउने मात्र भएको सञ्चारीका समुह बर्दियाकी कोषाध्यक्ष तथा लुम्बिनी प्रदेशकी महासचिब मेनका कुमारी चौधरीले बताईन् । अहिले निर्वाचित बडा सदस्यहरु भोलिका मेयर, उपमेयर, सांसद, मन्त्री बन्न सक्ने भएकाले यसका लागि आफ्नो कुरा निर्धक्कसंग राखेर नेतृत्व लिन सक्नु पर्नेमा उनले जोड दिईन् । बारबर्दिया नगरपालिकाले ५ दिनसम्म संचालन गरेको उद्घोषण तालिमले महिला जनप्रतिनिधिहरुको उद्घोषण बोलिमा बिकास हुने उनले बिश्वास ब्यक्त गरिन् ।

आफ्नो कुरा निर्धक्कसंग राख्न उद्घोषण कलाको राम्रो ज्ञान हुनु पर्ने बर्दियाका अग्रज पत्रकार तथा नागरिक दैनिकका बर्दिया संबाददाता निर्मल घिमिरेले बताए । आफ्नो कुरा निर्धक्कसंग राख्न सक्ने ब्यक्तिले सक्षम नेतृत्व गर्न सक्ने साथै सक्षम नेतृत्वले बिकास गर्ने घिमिरेले विश्वास दिलाए ।

बोल्दा डर र लाज मानेर आफुहरु पछाडि परेको बारबर्दिया नगरपालिकाकी नगर महिला संञ्जालकी संयोजक भिमा देवी चौधरीले बताईन।
‘कृषि उद्योग र पर्यटनमा बृद्धि : बारबर्दिया नगरको समृद्धी’ भन्ने मुल नाराका साथ नेतृत्वमा रहेका जनप्रतिनिधि महिलाहरुका लागि ५ दिने उद्घोषण तालिम सुरु भएको छ ।

तालिम उद्घाटन सत्रमा सञ्चारीका समुह बर्दियाकी कोषाध्यक्ष तथा सञ्चारिका समुह लुम्बिनी प्रदेशकी महासचिव मेनका कुमारी चौधरी, बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्ना कुमारी पाण्डे, नगर महिला संजालकी संयोजक भीमादेवी चौधरी, नागरिक दैनिक बर्दियाका संबाददाता तथा अग्रज पत्रकार निर्मल घिमिरे लगाएत तालिमका सहभागिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय