दिनेश ठाकुर
बर्दिया,फागुन ८/बर्दियाको समस्या समाधानका लागि प्रधानमन्त्रीसंग छलफल गरिएको छ । मुख्य गरि कपास बिकास फारमका शेयर किसानहरुको समस्याको समाधान लागि प्रधान मन्त्री पुष्प कमल दाहालसंग छलफल गरिएको हो । बर्दियाका नेता, जनप्रतिनिधि तथा शेयर किसानहरुको संयुक्त टोलिले बर्दियाका बिगत देखिका बिभिन्न समस्याहरु लिएर प्रधानमन्त्री दाहालसंग छलफल गरिएको बारबर्दिया नगरपालिका–११ का वडा अध्यक्ष बिजय कुमार चौधरीले बताए ।
‘कपास बिकास फारमको जग्गा शेयर जोताहाहरुलाई जग्गा उपलब्ध गराउन सहजीकरण गर्न र भत्कीएको जब्दी घाटको पुलको बारेमा छलफल गर्दा नयाँ तरिकाबाट टेण्डरको अन्तिम चरणमा रहेको भौतिक तथा पुल महाशाखाले जनाएको छ’अध्यक्ष चौधरीले भने,‘त्यसैगरि बबई नहर सिचाई, बर्दियामा सिकलसेल अस्पताला संचालनमा ल्याउनु पर्ने बिषयमा छलफल गरिएको छ ।’
बिगतमा दुई सय उन्नाईस बिगामा फैलिएको बढैयाताल हाल एक सय बिगाहामा मात्र पानी रहेको अवस्था छ । भुमाफियाहरुले ताल कब्जा गरेर लालपुर्जा निकालि सकेको अवस्था रहेकोमा कसरी फेरी तालकै नाममा जग्गा फिर्ता ल्याउने बिषमा व्यापक छलफल गरिएको जनाईएको छ ।
प्रधानमन्त्री दाहालले बर्दियाको समस्या समाधानका लागि आफु गम्भीर रहेको र तत्काल प्रक्रियामा लैजाने प्रतिबद्धता जनाएका छन् ।
माओबादी केन्द्रका नेता तथा बर्दिया इन्चार्ज सन्त कुमार थारुको नेतृत्व र बारबर्दिया नगर पालिकाका संस्थापक नगर प्रमुख दुर्गा बहादुर थारु(कविर)को समन्वयमा बर्दियाबाट गएको टोलीले प्रधानमन्त्री दाहालसंग समस्याको बारेमा छलफल गरेको जनाईएको छ ।