विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका लागि गुलरियामा नगर स्तरीय शिक्षा कचहरी
बुधबार, फागुन ०९, २०८० मा प्रकाशित

बर्दिया,फागुन ९(फरकसमाचार)/ विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सुधार, शिक्षाको गुणस्तर सुधारका लागि सेवा प्रदायक तथा लाभग्राही बिचमा समाजिक उतरदायी बहन गर्ने उदेश्यले गुलरियामा नगर स्तरीय शिक्षा कचहरी कार्यक्रम गरिएको छ ।

विद्यालयका पदाधिकारी, शिक्षक, बालक्लव, किशोरी क्लव, वाशगेन्स परियोजना र गुलरिया नगरपालिकाका पदाधिकारीहरुको उपस्थितीमा खुल्ला छलफल मार्फत विद्यालय सरसफाइ तथा स्वच्छता सम्बन्धि मंगलबार आयोजित नगर स्तरीय शिक्षा कचहरी कार्यक्रममा छलफल गरिएको हो । साथै गुणस्तरीय शिक्षा र बालबालिकाको चौतर्फी विकासको लागि सहभागीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कचहरी कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाको सम्बोधन गुलरिया नगरपालिकाका पदाधिकारीहरुले गरेका थिए ।

यस प्रकारको कचहरी कार्यक्रमले सेवाग्राही र सेवा प्रदायकहरु बीचमा आ–आफनो उतरदायित्व बोध गर्न सचेत तुल्याएको गुलरिया नगरपालिकाकी उप–प्रमुख साबित्रा गौतमले बताईन् । नगरपालिका समाबेशी खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा पु¥याई गुणस्तरीय शिक्षा प्रदान गर्न सधैं अगुवाइ गरिरहेको बताईन् ।

साथै विद्यालयमा रहेका खानेपानी, सरसफाइ तथा स्वच्छता वातावरणलाई सकारात्मक बनाएर विद्यार्थीहरुको सिकाई प्रभावकारी बनाउन परियोजनाले काम गरीरहेको छ ।

कचहरी कार्यक्रममा गुलरिया नगरपालिकाका १० वटा माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बाल क्लव, किशोरी क्लवका अध्यक्ष र गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखाका प्रमुख सतिस यादव र वाश गेन्स परियोजनाका प्रतिनिधिहरुको उपस्थितीमा बृहत छलफल भएको छ ।

गुणस्तरीय शिक्षाको लागि कक्षाकोठाको व्यवस्थापन, विद्यालयमा किशोरीहरुले प्रयोग गरेको प्याडको व्यवस्थापन र समाबेशी खानेपानी, सरसफाई तथा स्वच्ताको व्यवस्था हुनुपर्ने विषय बाल क्लवका पदाधिकारीले उठाएका थिए । त्यसैगरि विद्यालयमा किशोरीहरुले प्रयोग गरेको प्याड जताततै फाल्ने गरेको पाईन्छ ।

प्रयोग गरेको प्याडलाई व्यवस्थापन गर्न राखिएको डस्टबिनमा फाल्न र खानेपानी सरसफाइतथा स्वच्छता व्यवस्थापनका लागि विद्यार्थी स्वंयम जिम्मेवार हुनुपर्नेमा प्रधानाध्यापकहरुले सुझाएका थिए ।

गुलरियाको शिक्षा सरसफाइ तथा स्वच्छताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न हामी सबै मिलेर लाग्नु पर्ने गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले बताए ।

गुलरिया नगरपालिकाका विद्यालयहरुको खानेपानी सरसफाई तथा स्वच्छता सुधार गरी विधालयहरुलाई तीन तारा घोषणा गर्न र राम्रो रिजल्ट ल्याउन वास गेन्स परियोजनाले महत्वपूर्ण योग्दान पु¥याई रहेको शिक्षा शाखाका प्रमुख सतिस यादवले बताए । विद्यालयहरुको राम्रो रिजल्ट ल्याउनको लागि प्रधानाध्यापकहरुलाई योजना बनाएर ल्याउनुस् बजेटको लागि आफुले सम्बन्धित निकायसंग आफुले पहल गर्ने जनाए ।

सामुहिक प्रयासले विद्यालयलाई राम्रो बनाउन सकिने गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताए । विद्यालयमा देखिएका समस्या समाधान गर्न नगरपालिका सधैं हातेमालो गर्न तयार रहेको प्रमुख प्रशासकीय अधिकृत शाहले प्रतिवद्धता जनाए ।

खुल्ला छलफलमा वाशगेन्स परियोजनाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि गरेको काम प्रभावकारी रहेको विद्यालयका पदाधिकारीले बताएका छन् । परियोजना संचालन भए देखि विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता अमुल परिर्वतन भएको विद्यालयका पदाधिकारीहरुले प्रतिक्रिया दिएका छन् । परियोजनाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि निर्माण गरेको पहँुच युक्त खानेपानी, शौचालय र हात धुने संरचनाको प्रयोग, संरक्षण र व्यवस्थापन गर्ने समेत नेपाल राष्ट्रिय मावि प्रयागपुरका प्रधानाध्यापक यादव रेग्मीले प्रतिवद्धता जनाए ।

वाटरएड नेपालको आर्थिक सहयोग, बेस संस्था, राष्ट्रिय अपांगता महासंघ नेपाल, नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा गुलरिया नगरपालिकाका १० वटा माविमा वास गेन्स परियोजना संचालन भईरहेको छ । ती मध्ये यो बर्षमा पाँच वटा माविमा वाश गेन्स परियोजनाले किशोर किशोरी पहुँच युक्त खानेपानी, शौचालय र हात धुने संंरचनाको निर्माण तथा पुराना संरचनाको मर्मत सम्भार गरिरहेको छ ।

कचहरी कार्यक्रमको उदेश्यको बारेमा वाश गेन्स परियोजना काकार्यक्रम संयोजक जगदिश चौधरीले प्रकाश पारेका थिए र महिनावारी स्वच्छता कार्यक्रम संयोजक मन्जु भट्टले परियोजनाले गरिरहेको कामहरुको बारेमा जनकारी गराएकी थिईन् । शिक्षा कचहरी कार्यक्रमको सहजीकरण रेडियो टाइगर एवं संवाद एफ.एम बर्दियाका प्रवन्ध निर्देशक भावुक योगीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय