बर्दिया,फागुन १२(फरकसमाचार)/ कैद र जरिवाना तोकिएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फरार किशोरलाई बुधबार पक्राउ गरेको हो । प्रक्राउ परेका अभियुक्त नाबालक रहेकोले नाम ठेगाना र मुद्दा खुलाईएको छैन ।
उच्च अदालत तुल्सिपुर नेपालगंजले गत असार २५ गते १३ वर्ष कैद, ५ हजार जरिवाना र ५० हजारा क्षतिपुर्ति तोकिएको थियो । कैद, जरिवाना र क्षतिपुर्ति तोकिएका किशोर सो दिन देखि फरार रहेका थिए ।
प्रहरीले पक्राउ गरि बिहीबार बर्दिया जिल्ला अदालतमा बुझाउँदा अदालतले किशोरलाई बाल सुधार गृह नेपालगंज पठाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।