सुत्केरी र पुर्ण अपाङ्गता भएकालाई न्यानो कपडा बितरण
आइतबार, फागुन १३, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,फागुन १३/ सुत्केरी, पुर्ण रुपमा अपाङ्गता भएका र विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । जनजागरण महिला संघको आयोजना र टेवा नेपालसंगको सहकार्यमा बढैयाताल गाउँपालिका–९ पन्ध्र दिनका सुत्केरी, पुर्ण रुपमा अपाङ्गता भएका र गरिब विपन्न परिवारका विद्यार्थीहरुलाई शनिबार न्यानो कपडा वितरण गरिएको हो । बढैयाताल गाउँपालिका–९ जनतानगर र गुलरिया नगरपालिका–११ गणेश प्राविका विद्यार्थीहरुलाई समेत न्यानो कपडा वितरण गरिएको छ ।

सुत्केरी महिला, पुर्ण अपाङ्गता भएका र बिपन्न परिवारका विद्यार्थी गरि ५० जना र गुलरिया नगरपालिका–११ गणेशपुर प्राविका ४० जना विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ ।

२०५६ सालमा निरक्षर महिलाहरूलाई साक्षर बनाउने उदेश्यले महिलाहरूको मात्र सहभागीतामा जनजागरण महिला संघको स्थापना गरिएको थियो । यस संघले निरन्तर रूपमा बिपन्न एकल महिला, पुर्ण अपाङ्गता भएका महिला तथा पुरुष, बिपन्न परिवारका विद्यार्थीहरु, सीमान्तकृत समुदाय, जेष्ठ नागरिक, अति बिपन्न परिबार लगायतका लागि खाद्यान्न राहात बितरण, न्यानो कपडा बितरण, बिद्यालय डे«स बितरण, आयआर्जनको लागि बाख्रा पैचो कार्यक्रम, साना ब्याबसाय संचालनमा सहयोग, सामुदायिक तरकारी तथा कृषि कार्यमा सहयोग लगायतका कार्यक्रम गर्दै आईरहेको जनजागरण महिला संघकी अध्यक्ष गोमा पौडेलले जानकारी बताईन् ।

‘स्थापना कालमा यस संघको कार्यक्षेत्र सोहवा गाविस मात्र थियो’अध्यक्ष पौडेलले भनिन्,‘हाल यस संघले बर्दिया जिल्लाभर आफ्नो कार्यक्षेत्र बिस्तार गरि काम गरिएको छ ।’ न्यानो कपडा वितरण कार्यक्रममा बढैयाताल गाउँपालिका–९ का वडा अध्यक्ष बिर बहादुर थारु, शारदा बहुमुखी क्याम्पसका अध्यक्ष प्रेम राज त्रिपाठी,वडा सदस्य तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय