बर्दिया,फागुन १५(फरकसमाचार)/ ‘एउटै उदेश्य, एउटै नारा भ्रष्टाचारबाट छुटकारा हामी सबैको अभिभारा’भन्ने मुल नाराकासाथ पालिका स्तरीय गुलरियामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजको आयोजना, गुलरिया नगरपालिकाको व्यवस्थापन तथा सहजीकरणमा सोमबार भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
भ्रष्टाचारलाई नियन्त्रण गर्न सबैको सहयोग, सहकार्य, समन्वय र प्रतिबद्धताको आवश्यक छ । पारदर्शी, सुशासनयुक्त, जिम्मेवार र भ्रष्टाचार मुक्त राज्य स्थापना गर्न हामी सबै मिलेर अघि बढ्नु पर्ने अन्तरक्रियामा व्यापक छलफल गरिएको छ ।
बर्दिया जिल्लाका स्थानीय तहको ७५ वटा उजुरी फछर्यौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका कार्यालय प्रमुख गणेश बहादुर अधिकारीले बताए । ‘गत आर्थिक वर्षको ४७ उजुरी मध्ये १३ वटा उजुरी मात्र फछर्यौट भएका थिए’ प्रमुख अधिकारीले भने,‘त्यसैगरि चालु आर्थिक वर्षको फागुन ११ गतेसम्म ७० वटा उजुरी परेको २९ वटा उजुरी फछर्यौट भएको छ ।’ गत वर्षको ३४ र चालु आर्थिक वर्षको ४१ गरि जम्मा ७५ वटा उजुरी फछर्यौट हुन बाँकी रहेको तथ्यांक प्रस्तुत गरे ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुलाई भ्रष्टाचार भएको कसरी चिन्ने, भ्रष्टाचार गरेको व्यक्तिलाई कसरी कानुनी दायरामा ल्याउने र कुन भ्रष्टाचार गरे के कति सजाय हुन्छ भन्ने कुराको जानकारी गराएका थिए । के कस्ता कुरामा ध्यान पु¥याएर भ्रष्टाचार नियन्त्रण गर्न सकिने अख्तियार दुरुपयोगका नारायण प्रसाद ढकालले प्रस्तुतीकरण गरेका थिए ।
राजनीतिक प्रतिसोध साँधेर अख्तियारमा बढी उजुरी हाल्ने गरेको गुलरिया नगरपालिकाका नगर मुक्तिनाथ यादवले बताए । ‘हामी निर्वाचित जनप्रतिनिधिलाई सचेत गराउने उदेश्यले अख्तियार दुरुपयोगले आयोजना गरेको अन्तरक्रिया सह्रायिन छ’ नगर प्रमुख यादवले भने,‘गुलरिया नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु इमन्दारीसाथ काम गरिरहेका छौं ।’ अझैसम्म कहि कतैबाट त्यस्तो केही सुनेको छैन । यसैगरि झुठो उजुरी हाल्ने व्यक्तिहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने नगर प्रमुख यादवले भनाई राखे । भ्रष्टाचार नियन्त्रण गर्न सरकारले योजना पनि बनाउनु पर्ने नगर प्रमुख यादवले जिकिर गरे । सरकारले निर्वाचित जनप्रतिनिधिहरुको लतव भत्ता बन्द गरे देशको छिट्टै विकास हुने नगर प्रमुख यादवले भनाई राखे ।
अन्तरक्रिया कार्यक्रममा प्रजिअ बेद प्रसाद खरेल, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश बहादुर अधिकारी, प्रहरी उपरीक्षक प्रबिण धिताल, जनप्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।