आठ वटा स्थानीय तहमा जनप्रतिनिधि तयार गरेको निति निर्माणलाई कर्मचारीका प्रमुखले कसरी कार्य सम्पादन गरे भन्ने मधुवन, गुलरियालाई भर्खरै सार्वजनिक भएको कार्यसम्पादन र मूल्याकंन नतिजा अन्य पालिकाले अनुशरण गर्न पर्ने देखिन्छ ।
बर्दिया,फागुन १५(फरकसमाचार)/ आजभोलि, बारबर्दियाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेको चर्चाले मधुवन नगर र लाली बजार तातेको छ । फागुन महिनामा तापक्रमको डिग्रिको पारो उकालो लागे जस्तै बारबर्दियाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको लोकप्रियताको चर्चाको पारो मधुवन नगरबासी माँझ पनि उकालो लागेको छ ।
मधुवनका स्थानीय तथा प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको नाम नगरबासीले लिएर एकाएक अभिनन्दनको चर्चा गर्दा न्यौपानेले गरेका कामको स्मरण गर्ने मधुवनमा धेरै भेटिए ।
चिया चौतारीमा न्यौपानेको प्रंससाको गफ त जताततै सुनियो । राजनितिक दलका पाटी कार्यकर्ताका मनमा वास्तवमै यतिखेर न्यौपानेले नगरलाई गरेको माया देखिँदा नेताको मनमा खुसी छचल्किएको छ । मधुवनका स्थानीयले कर्मचारी मध्यमा न्यौपानेलाई रियल हिरो देख्ने आँखा अहिले सम्म डगमगाएका छैनन् । मधुवनमा स्थानीयको प्रतिक्रियामा लिदा एक मात्र स्वर गुन्जियो,‘अभिनन्दन लायक’को पात्र न्यौपाने हुन् ।
जिल्लामा उत्कृष्टको कार्यसम्पादन मूल्याकंनमा प्रथम भएको सुनेका मधुवन बासीले मधुवनमा उत्कृष्ट नगरपालिका हुनुमा श्रेय न्यौपानेलाई जाने बताए । ‘हामीलाई सबै कुरा त थाहा हुने भएन’स्थानीय मनोज खत्रिले भने,‘गाउँ ठाउँकै दाई कर्मचारी प्रमुख हुँदा मधुवन प्रथम भएको सुन्दा गर्ब लाग्यो ।’ यसअघि स्थानीयले प्रमुख प्रशासकिय अधिकृतको पद सम्हाल्दा आज देशमै मधुवन नगरपालिका चिनिएको भन्दै उनले खुसी व्यक्त गरे ।
मधुवन बजारमा फरक समाचार संबाददाता घुम्दै गर्दा राजनितिक दलका दलिय शिर्ष नेतृत्व तथा नेता तथा कार्यकर्ता भेटवार्तामा उत्प्रेरणाका लागि पनि मुधवनका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले नागरिक अभिनन्दनको सम्मान दिए मधुवन नगरपालिकाको ईज्जत खेर नगएर ओझ बढ्ने तर्क गरे । मधुवनमा रहँदा न्यौपानेले कार्य दक्षता देख्दा कतिले नेतामा हुने गुणको समते प्रयोगमा ल्याएर न्यौपाने रहदा मधुवन नगरको हितमा काम गरेको प्रश्नको जवाफमा एकमत देखिए ।काम गर्ने जो कोहि पनि सम्मानको हकदार हुने राजनितिक दलका नेताले खुलाएको समेत फरक समाचार संवाददातासँग रेर्कड छ ।
कर्मचारीको पनि फरक विचार वा मत हुन सक्ने उल्लेख गर्दे नाम नखोल्ने सर्तमा एक नेताले भने,‘राम्रोलाई राम्रो भन्न सक्नु पर्छ, हाम्रै विचारका भएपनि खराब त खराब हो भन्ने रिजल्टले देखाउँछ, उत्कृष्ट हँुदा खुसी नसाटेर मनले मानेन ।’ आठ वटा स्थानीय तहमा जनप्रतिनिधि तयार गरेको निति निर्माणलाई कर्मचारीले कसरी कार्य सम्पादन गरे भन्ने मधुवन र गुलरियालाई भर्खरै सार्वजनिक भएको कार्यसम्पादन र मूल्याकंन नतिजाले प्रष्ट पारेको भन्दै दुई वटा नगरपालिकालाई जिल्लाबासीको नाताले धन्यबाद भन्दै प्रसंसा गरे ।
मधुवनमा आजभोली नगरपालिका विकासको बिषयको हल्ला बजार लिदा हलचल मच्चिएको झलक बाहिरबाट देखिन्छ । मधुवन नगरपालिका तत्कालिन कर्मचारी न्यौपानेलाई नगरपालिकाले अभिनन्दन गर्ने बिषयलाई गोप्य राखेको छ । हामीलाई प्राप्त जानकारी अनुसार देशमा चिनाउँन मेहनत गर्ने न्यौपानेको सम्मानका लागि जनप्रतिनिधिका उच्च पदस्थलाई प्रस्ताव गरिएको छ ।
वास्तवमा यतिखेर कति आयोजना मधुवनमा ठप्प अवस्थामा छन् । कति आयोजना अलपत्र भईरहेको अवस्थामा यसअघि सम्पन्न भएका विकासले मधुवन नगर कार्यसम्पादनमा जिल्लाको उत्कृष्ट घोषित हुँदा खुसी साट्न मधुवनका बुद्धिजिबि तयार देखिन्छन् । देशलाई हेरेर त साध्य छैन एक बुद्धिजिबि भन्छन्,‘नगरपालिकाले तत्कालिन कर्मचारी प्रमुखले गर्दा उत्कृष्ट भएको हो भने जहाँको भए पनि सम्मान गर्न पर्ने हाम्रो संस्कार हो ।’ खेल प्रतिस्पर्धामा कम्तिमा जिल्लामा प्रथम र दोस्रो सम्मान गर्ने चलन छ । जनप्रतिनिधिलाई सुझाब दिदै भने,‘मधुवन र गुलरिया जिल्लामा प्रथम र दोस्रो भएका छन जसले गर्दा यि नगरपालिका देशमा चिनिएका छन्, नगरपालिकाले सम्मान दिँदा कर्मचारीको काम गर्ने जोश जागर बढ्ने छ ।’
काम गर्दे जाने क्रममा देखिएको प्रतिफल भन्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले खुसी भएको प्रतिक्रिया दिए । ‘सरकारको नुन र तेल खाएर बसेपछि काम गर्दे गर्दा मलाई आत्म सन्तुष्टि मिलेको हो’उनले सुनाए,‘काम गर्ने क्रममा आएको रिजल्टले मन,मस्तिष्क र शरिरमा पुर्नताजगि ल्याएको छ ।’