नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता
बुधबार, फागुन १६, २०८० मा प्रकाशित

काठमाडौं,फागुन १६/ त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ । ८.६ ओभरमा कुशल मल्लले माइकल लेभिटलाई विकेट किपर आशिफ शेखको हातबाट स्टम्पिङ्ग गराएका हुन् ।

आउट हुनुअघि उनले ५४ रन बनाए । उनले ५ चौका र ३ छक्का हानेका थिए । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ७७ रन छ ।

यसअघि करण केसीले म्याक्स ओडाउडलाई ४ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराएका थिए । त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय