गुलरिया बसपार्क बाहिर सवारी साधन पार्क गर्दा साबधान !
बिहिबार, फागुन १७, २०८० मा प्रकाशित

बर्दिया,फागुन १७ (फरकसमाचार)/ तपाईले चलाउँने सार्वजनिक यातायातका साधन गुलरियाको शहिद गेट अघि रोक्ने गर्नु भएको छ ? यदि रोक्ने वा पार्क गर्ने बानी छ भने सुधार गर्नुहोला । ट्राफिक नियम मिचेर गुलरिया स्थित शहिद पार्क अघि पार्क गर्ने सार्वजनिक यातायातका सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ ? कारबाही भोग्ने त्यस्ता चालक मुर्ख साबित हुनेछन् । बाध्यकारी नियम अख्तियार गरेर बसपार्क बाहिर अव्यबस्थित तरिकाले सवारी साधन पार्क गर्नेलाई नियमनकारी निकायका सुरक्षा अधिकारीले नियम अनुसार कारबाहीको दायरा ल्याउँन ट्राफिक प्रहरीलाई निर्देशन दिईसकेको छ ।

यदि, नियम उल्लघन गरेका बखत ट्राफिक प्रहरीको नजरमा पर्नु भयो भने कारबाही दायरामा ल्याउँदा तपाईलाई हानी हुन सक्छ ।
नियम मिचेर अघि बढदा अनावश्यक झन्झन्ट व्यहोर्न पर्दाको सिकार आफैले गरेको गल्तीको सजायको भागिदार बन्दा दुःख लाग्ला । यस्तै नियम गुलरियामा अख्तियार गरिएको छ साबधान !

गुलरिया सडकखन्ड हुदै लामो तथा छोटो दुरीको सवारी साधन शहिद गेट अघि मुख्य सडकमा पार्क गर्दा यात्रु निम्त्याउँने फोहोर व्यबस्थापन देखि शहिद पार्कको अपमान भईरहेको सुरक्षा अधिकारीले औल्याएका छन् ।

जथाभावी यात्रुले गर्ने फोहरले शहिद पार्क वरीपरी दुर्गन्धित बन्दै गएको छ । शहिद पार्क अघि सार्वजनिक यातायातका यात्रुको यात्रु पार्क बन्दा दुर्घटनाको जोखिम र फोहोरले गुलरिया बजार गरिमा घटिरहेको बिश्लेषण स्थानीय निकिता मैनालीको छ । बसपार्क बाहिर सार्वजनिक यातायात पार्क गर्नु कहि नभएको जात्रा मात्र गुलरिया देखिदा नियमकारी निकाय मुख दर्शक भईरहेको आरोप लागेको उनले सुनाईन । उनका अनुसार बुुधवार गुलरिया नगरपालिका, प्रहरी र प्रशासनको संयूक्त रुपमा बसपार्कमा पार्क व्यबस्थित गर्ने प्रयास प्रशंसा योग्य रहेको छ ।

बुधवार बिहान प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, प्रहरी उपरीक्षक द्वय प्रबिण धिताल, चित्राङ दाहाल, ट्राफिक ईन्चार्ज ओम खड्का र सेना मुखका प्रहरी नायब निरीक्षक राजन मल्ल सहितको टोली गुलरियाको सहिद गेट नजिक झुल्किदा भूईचालो आएको जस्तो अनुभुति नियम मिचेर चल्ने सवारी साधनलाई भयो । तर, उच्च पदस्थ नियमनकारी निकायका सुरक्षाकर्मी भने अन्दस्पोर्ट कारबाही गर्न नगएको खबरले सवैलाई उत्साहित बनाएको छ । उच्च पदस्थ सुरक्षाकर्मीले स्थानीयको साथ पाउँदा बसपार्कमा औपचारिक कार्यक्रममा दुर्घटनालाई हटाउँदै र घटाउँदै लैजान पर्ने धारणा राखे ।

पहिलो पल्ट सम्झाई बुझाई गर्न गएका उच्च पदस्थले नियम मिचेर चलाउँदा दुर्घटनाको जोखिम बढ्दा समस्या भईरहेको खुलाएपछि यातायात व्यबसायी समेत सहमत भएका छन् । ट्राफिक प्रहरीको ईनिसियसनमा उच्च पदस्थ उपस्थितिले गुलरिया बजार क्षेत्रमा जथाभावि सवारी साधन रोक्ने प्रबृतिको अन्त्य हुनेमा स्थानीय बिश्वस्त छन् ।

गुलरियाको मूख्य सडक खन्डमा यात्रु चढाउँने र ओर्लिने बानी हटाउँन उच्च पदस्थको निर्देशन अनुसार ट्राफिक प्रहरीले काम गर्ने ईन्चार्ज ओम खड्काले बताए । ‘यातायात क्षेत्रलाई सम्मानित मर्यादित बनाउँन नियम पालना गर्न पर्ने देखिन्छ’उनले भने,‘दुर्घटना न्यूनिकरण र सहर सफा राख्न स्थानीय र यातायात व्यबसायीको सहयोग प्रहरीलाई अपरिहार्य छ ।’

प्रहरी उपरीक्षक धिताल जिल्लाका लागि नयाँ अनुहार हुन् । उनी आएको एक सातामा लामो समय देखि अस्तव्यस्त बसपार्क व्यबस्थापन चासो देखाउँनु जिल्ला शान्ती सुरक्षामा चुस्त र दुरुस्त योगदान गर्नेमा स्थानीय बिश्वस्त छन् । यातायात व्यबसायीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले सार्वजनिक यातायात प्रयोग गरेर आवागमन गर्ने यात्रुलाई यातायातकर्मीको व्यबहार राम्रो वा उत्कृष्ट हुँदा व्यबसायिक क्षेत्रको गरिमा बढने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय