यज्ञप्रसाद सापकोटा
बर्दिया,फागुन १८/ नेकपा एमालेको जिल्ला अधिवेशन आगामी बैशाख १४ गते देखि सुरु हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटि बर्दियाको बसेको नवौँ बैठकले एमाले जिल्ला अधिवेशन बैशाख १४,१५ र १६ गते हुने निर्णय गरेको हो ।
नेकपा एमालेको बैठकले बैशाख ३ गते जिल्ला भरी प्रतिनीधि छनौट गर्ने भएको छ । प्रतिनीधि छनौट पश्चात बैशाख १४ गते देखि अधिवेशन सुरु हुने नेकपा एमाले बर्दियाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए ।
बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र क्षेत्रको निर्णय गरीएको छ । अध्यक्ष श्रेष्ठले पार्टीले हरेक पालिका देखि नै राजनीतिक प्रतिवेदन तयार गर्ने जनाए । अधिवेशनलाई भव्य सभ्य र पद्धति अनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैले बहनगर्न आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पोलिटव्युरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लिला गिरीले सबै जना दशौ जिल्ला अधिवेशनको तयारीमा लाग्नु पर्ने बताए । अधिवेशन सफलतापुर्वक सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नका लागि निर्देशन दिएका छन् । उनका अनुसार अधिवेशनलाई सकेसम्म पारदर्शि तरिकाले निश्पक्ष रुपमा सहमतिको आधारमा निर्विरोध रुपमा नेतृत्व छनौट गर्ने । कार्यकर्ताको माझ हातेमालो गरेर स्वच्छ प्रतिस्पर्धामा अधिवेशन सम्पन्न गर्ने जनाए ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले यथास्थीतीबादी, प्रतिक्रियाबादी र मुलुकको स्थिरीता नचाहने तत्वलाई नेकपा एमाले घाँडो भएको बताए । ‘एमालेलाई जसरी पनि तल पार्ने, साईजमा राख्नु पर्छ भन्ने हिसाबले उनीहरु लागेका छन्’ उनले भने ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रिय सदस्य लक्ष्मण ज्ञावली, शोभा ज्ञावली, भिम केसी, खड्क बहादुर खड्का, नेकपा एमाले निर्वाचन आयोगका सदस्य विमला विक, प्रदेश कमिटि सहसचिव लिला रानालगाएत प्रदेश सदस्यहरुको उपस्थीती रहेको थियो ।