प्रशासन अगाडि १२ क्यान दुध पोखेर किसानले गरे विरोध
शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित

बर्दिया,फागुन १८(फरकसमाचार)/ जिल्ला प्रशासन कार्यालयको अगाडि दुध पोखेर किसानले विरोध प्रदर्शन गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा बिहीबार दुध उत्पादक किसानले प्रशासन कार्यालय अगाडि दुध पोखेर बिरोध प्रदर्शन गरेका हुन् ।

संघको नेतृत्वमा गुलरियाको राधाकृष्ण चोक देखि निकालिएको बिरोध ¥यालीले जिल्ला प्रशासन कार्यालय अगाडि दुध पोखेर र गुलरिया नगरपालिका–८ पशु हाट बजार स्थित गुलरिया नेपालगंज सडक खण्ड २ घण्टा बन्द गरेर बिरोध गरेको छ ।

सरकारी निकाय डिडिसिले दुध उत्पादक किसानको भुक्तानी नदिएको तथा दुध बजारीकरणलगायतका समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायलाई खबरदारी गर्न बिरोध कार्यक्रममा आयोजना गरेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पवन कुमार यादवले बताए ।

‘जिल्ला प्रशासन कार्यालय अगाडि १२ क्यान दुध पोखेर बिरोध र शान्तिपुर्ण रुपमा २ घण्टा चक्काजाम गरेका छौं’अध्यक्ष यादवले भने,‘यस अघि दोस्रो चरणको कार्यक्रममा संघले फागुन १५ गते जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना र मागसहित ज्ञापनपत्र बुझाई सकेको छ ।’

अब फागुन २० गतेसम्म कुर्ने हो । यदि सरकारले हाम्रो माग सम्बोधन गरेन भने फागुन २१ गते देखि निरन्तर रुपमा माइती घर मण्डलामा धर्ना तथा बिरोध प्रर्दशन गर्ने योजना छ । जसमा बर्दियासहित देशभरिका दुध उत्पादक किसानले सहभागिता रहने अध्यक्ष यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर