बर्दिया,फागुन १८(फरकसमाचार)/ आगलागी हुदाँ जलेर एक जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका– ४ मैनवारका करिब ५५ वर्षिय लक्षिराम जैशीको बिहीबार राती ज्यान गएको हो ।
बिहीबार राति करिब ८ बजे गोठ र परालको टौवामा आगलागी हुँदा जैशी गोठमा भएको पशु चौपाया निकाल्ने क्रममा जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिएपछि जैशीको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो अझै खुलेको छैन । आगलागी घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।