बर्दिया,फागुन २२(फरकसमाचार)/ राष्ट्रसेवक तथा वित्तिय संस्थाका कर्मचारीलाई कालोमोसो दलि दुव्र्यवहार गर्ने कार्यप्रति प्रशासनको ध्यानाकर्षण भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार विज्ञप्ती जारी गर्दै यस्ता कार्य गर्ने प्रति ध्यानाकर्षण भएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललले हस्ताक्षर गरिएको विज्ञप्ती जारी भएको छ ।
केही समय देखि जिल्लामा कथित संघ संस्था वा अभियानको नाममा धम्किपुर्ण अभिव्यक्ति दिने,कानुन विपरित कार्य गर्ने गराउने, नागरिक, राष्ट्रसेवक कर्मचारी तथा बैकिङ्ग, वित्तिय संस्थाहरु विरुद्ध भ्रम छर्ने र कर्मचारीहरुलाई अपमान गर्दै लुकिछिपी विभिन्न प्रकारका दुव्र्यवहार गर्ने कार्यप्रति जिल्ला सुरक्षा समितिको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
उल्लेखित यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउन तथा जिल्ला शान्ति सुरक्षा र सुशासन कायम राख्न हामी प्रतिवद्ध छौं । यस कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्न तथा अपराधिक मनोवृत्तिलाई निरुत्साहित गर्न गराउन सचेत नागरिकको कर्तव्य निभाउन जारी विज्ञप्तीमा खुलाईएको छ ।