गुलरियामा चोरी नियन्त्रण बाहिर
मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित

बर्दिया,माघ २२ (फरकसमाचार)/ गुलरिया बजार क्षेत्रमा केही दिन देखि लगातार चोरी भएको घटना सार्वजनिक भएका छन् । चोरी बढ्न थालेपछि सर्वसाधारण आतंकित भएका छन् । कसरी घर पसल जोगाउने सर्वसाधारण तनावमा छन् । चोरीमा संलग्नलाई प्रहरीले समात्न नसकेपछि लगातार चोरी भईरहेको सर्वसाधारणले आँकलन गर्छन् ।

गुलरिया बजार क्षेत्र वरिपरि लगातार चोरी हुनु सुरक्षा व्यवस्थालाई कडा चुनौती दिएको छ । चोरीका घटना लगातार हुनु र प्रहरीले चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिन नसक्नु दुःखद रहेको सर्वसाधारणले प्रतिक्रिया दिन्छन् ।

चोरीका घटना बढेपछि प्रहरी चनाखो हुनुपर्ने रमेश थारुले बताए । ‘तर, चोरीका घटना बढेपनि प्रयाप्त प्रहरी गस्ती परिचालन गरिएको देखिदैन’उनले भने, ‘छिरफुट प्रहरी गस्ती देखिए पनि डिउटीमा मोबाईल चलाएर आफ्नै दुनियामा हुन्छन् ।’ ‘अनि कसरी चोरी नियन्त्रण हुन्छ’ उनले भने ।

गुलरिया नगरपालिका–६ की कमला घिमिरे र कमला कटुवालको घरमा आइतबार राती चोरी भएको पत्रकार बिष्णु अधिकारीले बताए । त्यसैगरि वडा नंम्बर ६ कै अयुब हलवाईको घरमा शनिबार राति चोरी भएको थियो । यी प्रतिनिधि घटना मात्र हुन् । गत माघ देखि गुलरिया बजार क्षेत्रमा लगातार चोरी भईरहेको छ । चोरी बढ्न थालेपछि स्थानीय असुरक्षित महसुस गरेका छन् ।

१०/१२ जना शंकास्पद चोरहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गर्दा केही पनि खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय