बर्दिया,फागुन २८(फरकसमाचार)/ घर कोठामा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । गुलरिया नगरपालिका–५ सगरमाथा टोल स्थित घर कोठामा मृत अवस्थामा आइतबार शव फेला परेको हो । मृत भेटिएका बिशाल मगर रहेको प्रहरीले जनाएको छ । मगर सिटि रेस्टुरेन्ट गुलरियामा कुकको काम गर्थे ।
घर कोठामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले बताए ।
‘मृत अवस्थामा भेटिएको मगरको शव पोष्ट मार्टमको लागि बर्दिया अस्पताल पठाईएका छ ’ प्रहरी निरीक्षक चौधरीले भने,‘पोष्टमार्टम रिपोर्ट आएपछि कसरी मृत्यु भएको खुल्नेछ ।’