मेनका चौधरी
बर्दिया,चैत ४/ अपाङ्गता भएका बालबालिकाको अभिभावकहरुलाई खानेपानी, सरसफाई तथा स्वच्छता र शिक्षा अधिकार सम्वन्धि अभिमुखीकरण कार्यक्रम गुलरियामा सम्पन्न भएको छ । बालबालिकाहरुको अभिभावकहरुलाई शिक्षा र खानेपानी सरसफाई तथा स्वच्छता अधिकार र अपाङ्ग सम्वन्धी बनेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनी प्रावधानको बारेमा शनिबार अभीमुखीकरण गरिएको हो ।
राष्ट्रिय अपाङग महासंघको संघीय सदस्य नेत्र प्रसाद सापकोटाको सभा अध्यक्षतामा भएको थियो । पहिलो प्रयास अपागङता भएका बालबालिकाहरुबाट अभिभावकबाट कुरा लुकाएको गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले बताए ।
गुणस्तरीय शिक्षा विद्यालयमा विकासको अभियानमा लागेर अपागङता भएका बालबालिकाका अभिभावकलाई लक्षित गरेर कार्यक्रम गरेकामा आयोजकलाई धन्यवाद दिए । गुलरिया नगरपालिकामा हाल बनिरहेको विद्यालयमा अपागङता भएका विद्यार्थीहरुको लागी खानेपानी तथा सरसफाई स्वच्छता पहुँच युक्त भौतीक संरचना निमार्ण भैरहेका जानकारी दिए ।
समावेशीकरण गर्न आरक्षण कोटा सुनिश्तिा गरेको छ त्यसको सेवा सुविधा लिनको लागी न्युनतम मापदण्ड पुरा गर्नुपर्दछ । गुलरिया नगरपालिकाले पनि अपागङता भएकालाई आर्थिक सहयोग गरिरहेको वरिष्ठ अधिकृत आर्यालले जानकारी दिए ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनी प्रावधानको बारेमा सघिय सदस्य नेत्र प्रसाद सापकोटाले सहजीकरण गरे । यो कार्यक्रमको आवश्यता रहेको सदस्य सापकोटाले खुलाए । गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहलगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रममा महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख शिला शाह, वाटर एड नेपाल, बेस बोर्ड, एनसिसि, ओपीडि पालीका स्तरीय अपाङगता सञ्जाल, परियोजना कर्मचारी, पिसी अधिकृतहरु, फिल्ड कर्मचारी, अभिभावकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तो कार्यक्रम पहिलो पटक गुलरिया नगरपालिकामा भएको यस्ता कार्यक्रम पुनः परियोजना र नगरपालिकाबाट निरन्तरण हुनु पर्ने आवश्यकता रहेको सहभागीहरुले बताएका थिए । गुलरिया नगरपालिकालगायत बारबर्दिया, मधुवन ठाकुरबाबा गेरुवा र गुलरिया गरी ३३ वटा स्कुलका १३ हजार किशोर किशोरी र अपाङ्घता भएका बालबालिकाहरुको शिक्षामा पहँुच पुयाउनको वास गेन परियोजनामार्फत काम गरिरहेको छ ।
राष्ट्रिय अपाङ् महासंघ नेपाल वास गेन बर्दिया परियोजना संयोजक उमा चौधरी र राष्ट्रिय अपाङ्ग महसंघ नेपालका संघीय परियोजना संयोजक गणेश प्रसाद पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए ।