बर्दिया,चैत ५(फरकसमाचार)/ लागु औषध मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका बस्ने ललित बहादुर गुरुङ्गलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
अदालतले २०८० साल बैशाख ६ गते गुरुङ्गलाई ७ महिना ८ दिन कैद सजाय र रु दुई सय पिडित राहतकोषमा जम्मा हुने गरि जरिवाना तोकेको थियो । अदालतले सजाय र जरिवाना तोकेको दिन देखि गुरुङ्ग फरार रहेका थिए ।
आफ्नै घरवतनमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गुरुङ्गलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम आर्यालले जानकारी दिए ।