सिग्देल आरपिएलएनको सहसचिबमा सर्वसम्मत
सोमबार, चैत ०५, २०८० मा प्रकाशित

बर्दिया,चैत ५ (फरकसमाचार)/ गणतान्त्रिक प्रगतिशिल कानुनी व्यबसायी एसोसिएसन नेपाल लुम्बिनी प्रदेशका लालमटियामा भएको सम्मेलनबाट सहसचिवमा निर्मल सिग्देल सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी लालमटियामा सम्पन्न भएको आईपिएलएनको सम्मेलनले सिग्देललाई सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा तिर्थराज ज्ञवाली सहित १९ जनाको कार्यसमिति चयन भएको छ ।

बर्दियाबाट प्रदेश सल्लाहाकारमा उमानाथ ज्ञवाली र धर्मराज शर्मा चयन भएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता कृष्णध्वज खड्का आईपिएलएन केन्द्रका तथा पूर्व न्याय परिषदका सदस्य र केन्द्रका कृष्ण पौडेल समेतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय