सोमबार, चैत १९, २०८०
मा प्रकाशित
1781
Shares
गुलरिया नगरपालिका–२ शम्भुशरण माबिमा आइतबार एसइइको परीक्षा दिन गएकी छात्रा नाम परिवर्तन रिता बेहोस भएपछि बिद्यालय परिसरमा एउटा कुर्सीमा राखिएको दृश्य । बेहोस भएकी छात्रालाई चिकित्सकको सल्लाह बिना परीक्षा संचालन अवधिसम्म यसरी राखिएको प्रत्यक्षदर्शीको भनाई छ । चर्को गर्मीमा संचालन भईरहेको एसइइ परीक्षाका बेला बिभिन्न कारणले छात्र वा छात्रामा देखिने यस्ता समस्याको सुरक्षाका लागि व्यवस्थापन पक्ष फितलो देखिन्छ । तस्विरःफरकसमाचार