पाँच किलो चरेससहित महिला पक्राउ
मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित

बर्दिया,चैत २०(फरकसमाचार)/ लागु औषध चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका फुटाह स्थितबाट दाङ लमही नगरपालिका–११ की ५२ वर्षिय आशा राईलाई प्रहरीले लागु औषध चरेससहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी गस्ती टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले महिलालाई नियन्त्रणमा लिएका हुन् । शंकास्पद रुपमा नेपालबाट भारत तर्फ गईरहेकी थिईन् । शंकास्पद रुपमा रहेकी राईलाई प्रहरीले नियन्त्रणमा लिई चेक जाँच गर्दा लागु औषध चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

राईको शरिर तथा हाते झोला भित्र खैरो रंगको प्लास्टिक टेपले बेरी लुकाई छिपाई राखेको अवस्थामा ५ किलो ९ सय २९ ग्राम लागु औषध चरेस बरामद भएको प्रहरीले जनाएको छ ।

महिलालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर