बर्दियाका ७ विद्यालय २ तारे र १९ विद्यालय १ तारे
बुधबार, चैत २१, २०८० मा प्रकाशित

बर्दिया,चैत २१(फरकसमाचार)/ जिल्लाका ७ विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छतामा २ तारे र १९ विद्यालय १ तारे मान्यता पाएका छन् । विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ (दोस्रो संशोधन २०७६) अनुसार अनुसूची १ को सूचकहरुका आधारमा अनुसूची २ अनुसार मूल्याङ्कन गरिएको परिच्छेद ८ को ८.१ (ग) बमोजिम तारा स्तरलाई नगर/गाँऊ पालिकाहरुले मान्यता दिएका हुन् ।

कार्यविधिका आधारमा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले स्वमूल्याङ्कन गरि व्यवस्थापन समितिले अनुमोदन गरि नगर/गाऊ पालिकामा पेश गर्नु पर्ने तथा नगरपालिकाको सामाजिक विकास समितिले उक्त स्वमूल्याङ्कनलाई अनुगमन गरि प्रमाणित गरिदिने व्यवस्था रहेको छ ।

२ तारा प्रमाणित हुने बिद्यालयहरुमा गुलरिया नगरपालिकाको महाकवि देवकोटा माध्यमिक विद्यालय गुलरिया र नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालय खैरापुर रहेको छ । बारबर्दिया नगरपालिका जनता माध्यमिक विद्यालय रम्मापुर, जनज्योती आधारभुत विद्यालय औरी, नेपाल प्राज्ञिक आधारभुत विद्यालय जब्दी रहेका छन् । यसैगरि ठाकुरबाबा नगरपालिकाको शारदा आधारभुत विद्यालय शाहिपुर र गेरुवा गाँउपालिकाको जानता आधारभुत विद्यालय सरखोल रहेको छ ।

यसै गरि १ तारा मान्यता प्राप्त गर्नेमा गुलरिया नगरपालिकाको बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, गौरी शंकर माध्यमिक विद्यालय डल्लापुर, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भैसाही, ध्रुव माध्यमिक विद्यालय तुलसीपुर, कोटही माध्यमिक विद्यालय तुलापुर, जानकी माध्यमिक विद्यालय सिरकोहिया रहेका छन् । बारबर्दिया नगरपालिकाको पञ्चजन्य माध्यमिक विद्यालय पद्नाहा, अंशुवर्मा माध्यमिक विद्यालय जयनगर, बालविद्या आधारभुत विद्यालय सेम्रहवा, कुसुमा देवि आधारभुत विद्यालय रानीपुर, शान्ती आधारभुत विद्यालय कुम्रागाऊ, जनचेतना आधारभुत विद्यालय नारायणपुर, रहेका छन् ।

ठाकुरबाबा नगरपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कर्मला, जनचाहना आधारभुत विद्यालय डुमे्रनी र सरस्वती आधारभुत विद्यालय नेउलापुर रहेका छन् । यसैगरि मधुवन नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालय सूर्यपटुवा रहेको छ । गेरुवा गाँऊपालिकाको जानकी माध्यमिक विद्यालय जनकनगर, एकप्रिय राठोर माध्यमिक विद्यालय पाताभार र सरस्वती आधारभुत विद्यालय विन्द्रा रहेका छन् ।

विद्यालय, बालक्लव, किशोरी क्लव, सम्बन्धित पालिका तथा अन्य सरोकारवालाहरुलाई यस कार्यविधिबारे जानकारी गराउने, क्षमता विकास कामको साथै कार्यविधि अनुसारको संरचना निर्माणमा समेत वाटर एड नेपालको आर्थिक सहयोगमा एनएफडिएन र एनएफसिसिको प्राविधिक सहयोगमा बेस संस्थाद्वारा संचालित वास गेन्स परियोजनाको सहजीकरण तथा सहयोग रहेको थियो ।

हाल परियोजनाले बर्दिया जिल्लाको गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाँऊपालिकाका ३३ वटा विद्यालयका १३ हजार ५ सय बालबालिकालाई सरसफाई सुविधा उपलब्ध गराउनुका साथै स्वच्छकर बानि सुधार र महिनावारी स्वच्छताका कार्यक्रमहरु गरि विद्यालयको पढाईको गुणस्तरमा बृद्धि गरि दिगो विकासको लक्ष्यका साथ काम गरेको छ ।

परियोजनाबाट हामीलाई पहुँच युक्त संरचना निर्माणमा सहयोग पुग्नुको साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा बालबालिकाहरुको क्षमता विकास सहजीकरण भएको विद्यालयका प्रधानाध्यापकले प्रतिक्रिया दिएका छन् ।

अव परियोजनाको सिकाईलाई संस्थागत गर्नका लागि पालिकाले यस कार्यविधिलाई स्थानीयकरण गरिएको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय