बर्दियाका १५ विद्यालयलाई पहुँच युक्त संरचना हस्तान्तरण
बिहिबार, चैत २२, २०८० मा प्रकाशित

बर्दिया,चैत २२(फरकसमाचार)/ जिल्लाका १५ वटा विद्यालयलाई पहुँच युक्त खानेपानी, सरसफाई तथा स्वच्छताका संरचना हस्तान्तर गरिएको छ । गुलरिया नगरपालिकाका ५ वटा, बारबर्दिया नगरपालिकाका ५ वटा ठाकुरबाबा नगरपालिकाको २ वटा, मधुवन नगरपालिकाको १ वटा र गेरुवा गाँऊपालिकाको २ वटा गरि जम्मा १५ वटा विद्यालयलाई खानेपानी सरसफाई तथा स्वच्छताका संरचना मर्मत संभार तथा नयाँ निर्माण गरि हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश सांसद राज कुमार चौधरी विद्यालयलाई तिन तारा पु¥याउनका लागि विद्यालयलाई प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

खानेपानी, सरसफाइ तथा स्वच्छताका संरचनाहरु पहुँच युक्त हुने र विद्यालय सबैको पहुँच युक्त बनाउने गुलरिया नगरपालिकाकी उप–प्रमुख साबित्रा गौतमले बताईन् । सामान्य खर्चले विद्यालयका खानेपानी सरसफाई तथा स्वच्छता संरचनाहरु विद्यालयले मर्मत सम्भारका लागि प्राथमिकतामा राख्नु पर्ने भनाई राखिन् ।

विद्यालयलाई कुन स्तरमा राख्ने भन्ने प्रधानाध्यापकको प्रमुख भुमिका रहने वाटरएडका परियोजना प्रबन्धक उमाशंकर यादवले बताए । संरचनाले मात्र नहुने सरसफाईको लागि व्यवहारमा सुधार हुनु पर्ने भएकाले अव यस परियोजनाले अधिकारका साथै जिम्मेवारी सिकाउने र व्यवहार परिवर्तनका लागि काम गर्ने यादवले सुनाए ।

बेस संस्थाद्वारा गुलरिया नगरपालिकाको ५ विद्यालय, मधुवन नगरपालिकामा १ विद्यालय, ठाकुरबाबा नगरपालिकामा २ विद्यालय, बारबर्दिया नगरपालिकामा ५ विद्यालय र गेरुवा गाँऊपालिकामा २ विद्यालय गरि जम्मा १५ वटा विद्यालयमा खानेपानी, हातधुने स्थान शौचालयका नयाँ निर्माण तथा पुराना संरचनाको मर्मत गर्ने मर्मत सामाग्रीहरु, र सरसफाइका सामाग्रीहरु सहित सहयोग गरेको छ । योजनाको रु २ करोड, ६१ लाख ४५ हजार १ सय दशमलव ६७ बजेट रहेकोमा २ करोड, ५८ लाख, ३३ हजार, ५ सय ४९ दशमलव ६० खर्च भएको बेस संस्थाका इन्जिनियर वसन्त प्रकाश यादवले जानकारी दिए ।

खानेपानी सरसफाई तथा स्वच्छताका संरचनाहरुलाई मर्मत गरि पहुँच युक्त, प्रयोग योग्यतथा लैङ्गिक मैत्री बनाइएको छ भने नभएका स्थानमा नयाँ निर्माण गरिएको छ । उक्त संरचना निर्माणमा वाटर एड नेपालको आर्थिक सहयोगमा एनएफडिएन र एनएफसिसिको प्राविधिक सहयोगमा बेस संस्थाद्वारा संचालित वास गेन्स परियोजनाको सहजीकरण तथा सहयोग रहेको छ ।

विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि कार्यविधि २०७४ अनुसार विद्यालयमा स्वच्छता सुविधामा ३ तारा पु¥याउनका लागि आवश्यक संरचना निर्माणका साथै विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र बाल तथा किशोरी क्लवको क्षमता विकासको कामहरु भैरहेको तालिम अधिकृत दुर्गा बहादुर चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय