‘मानव बेचबिखनको मुद्दा घटेपनि अवस्था बढ्दै’
आइतबार, चैत २५, २०८० मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया,चैत २५/ मानव बेचबिखनको मुद्दा कम हुदै गएपनि मानव बेचबिखन बढी रहेको माईती नेपाल गुलरिया बर्दियाकी प्रमुख गायत्री रिमालले बताएकी छन् । माईती नेपालको ३२औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित मानव बेचबिखन तथा ओसार पसार विरुद्धको कार्यक्रममा रिमालले यस्तो बताएकी हुन् ।

बर्दिया जिल्ला ट्रान्जिट प्वाईन्टको रुपमा रहिआएको छ । नेपाल भारतको बोर्डरमा माईति नेपालले परामर्श केन्द्र स्थापना गरेर परामर्शका कार्यहरु पनि गर्दै आईरहेको छ । बर्दिया जिल्ला भारतसंग सिमा जोडिएको जिल्ला भएकोले पुर्वका जिल्ला नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, ईलाम झापा लागाएतका जिल्लाबाट महिला बालबालिका ल्याएर भारत पुर्याउने गरेको रिमालको भनाई छ ।

यस समस्याबाट कसरी निवारण गर्न सकिन्छ भन्ने बिषयमा गुलरिया नगरपालिकाले बिभिन्न काम गर्दै आईरहेको गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले बताईन । सम्पुर्ण गुलरिया नगरबासिको साथ र सहयोगले मानव बेचबिखन न्युनिकरण गर्न सकिने उनले सुनाईन ।

‘हाम्रो आवाज चेलिबेटि बेचबिखनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ स्थापना भएको माइती नेपालको ३२औं स्थापना दिवसको अवसरमा गुलरियामा सचेतना मुलक शनिबार ¥याली निकालिएको थियो । –¥याली गणेशमान चोक हुँदै बजार परिक्रमा गरि पुनः गणेशमान चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

‘२०४९ साल चैत्रमा हाम्रो आवाज ः चेलिबेटि बेचबिखनबाट मुक्त समाज’ भन्ने मुल नाराका साथ स्थापना भएको माइती नेपाल संस्थाले मानव बेचबिखन रोकथामका लागि जनचेतना मुलक कार्यक्रमहरु समुदायस्तर सम्म पुगेर संचालन गर्नुका साथै नेपालका बिभिन्न मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिम पुर्ण यात्रामा रहेका महिला बालबालिकाहरुको उद्धार, भारत लगायतका देशहरुमा यौन एवम श्रम शोषणमा परेका महिला बालबालिकाहरुको उद्धार, आवसिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगायतका सेवा प्रदान गर्दै सीप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगायतका कार्य गर्दै आइरहेको छ ।

यस बर्ष माइती नेपालले जोखिम पुर्ण यात्रामा रहेका ३ सय ८३ महिला तथा बालबालिकालाई सिमानाबाट उद्वार गरि आवाधिक गृहमा प्रवेश गराई आवश्यक परामर्श प्रदान गरेको छ ।

यस वर्षको अवधिमा संस्थाले ३ सय १२ जनालाई मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई पारिवारिक पुर्नमिलन गराएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय