आइतबार, चैत २५, २०८०
मा प्रकाशित
1411
Shares
बर्दिया,चैत २५(फरकसमाचार)/ गाँजासहित एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ चौगुर्जीका ७६ वर्षिय नन्दलाल गोडियालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
साढे नौ किलोग्राम गाँजासहित वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम आर्यालले बताए ।
‘घरमा राखिएको अवस्थामा गाँजा बरामद भएको छ’डिएसपी अर्यालले भने,‘साथै तौल गर्न प्रयोग गर्ने तराजु र ढक पनि बरामद भएको छ ।’ प्रहरीले वृद्धलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी अर्यालले जानकारी दिए ।