गुलरियामा दुई साइकल चोर पक्राउ
आइतबार, चैत २५, २०८० मा प्रकाशित

बर्दिया,चैत २५ (फरकसमाचार)/ साइकल चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–६ का ३९ वर्षिय सम्सेर अलि पठान र २३ वर्षिय बब्लु राढलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । गुलरिया नगरपालिका–५ मतंगा चोक स्थितबाट पक्राउ परेका पठान र राढले साइकल चोरेर भाग्दै थिए ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने प्रक्रिया अघि बढाएको विज्ञप्ती मार्फत जनाएको छ । पछिल्लो समयमा गुलरिया सदरमुकाम आसपास चोरीका घटना बढ्दै गएको छ । गुलरिया आसपास चोरीका घटना दिनहुँ हुन थालेपछि स्थानीयहरु असुरक्षित महसुस गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय