बिहेको लगनमा सुनको गर्मी
सोमबार, चैत २६, २०८० मा प्रकाशित

सुनको भाउ उकालो लाग्दा कारोबारमा गिरावट

बर्दिया,चैत २६(फरकसमाचार)/ लगनको मौसम छ । मौसमको फेरबदलसँगै सुनको मुल्यले यस बर्षको रेर्कड तोडेको छ । यति बेला बिहे खर्च महङ्गो भएको चौतर्फि चर्चा छ ।

विवाहमा बढि मूल्य खर्च हुने भनेको सुनको किनमेलमा हो । त्यहि सुनको मूल्य आकासिदा बेहुला र बेहुलि बिलखबन्द पर्ने अवस्था छ । आइतबार सुनको बजार मूल्य प्रति तोला मुल्य रु १ लाख ३६ हजार १ सय पुगेको छ । यो मूल्य शुक्रबारको भन्दा तीन हजारले बढि हो ।

बैशाखमा विवाहको लगन पनि बढी नै हुन्छ । बढी लगन भयो भने सुनको बढी कारोबार होला भनेर सुनचाँदी व्यवसायी खुसी हुनु स्वाभाविक नै हो । तर,यस वर्ष ठिक उल्टो भएको छ । सुनको भाउ उकालो लाग्दा विवाह खर्च महङगिएको छ । विवाह खर्च महङगिदाँ सुनचाँदी पसलमा उपभोक्ताको संख्या न्युन देखिन्छ ।

सुनको भाउ बढेसंगै अन्य वर्ष जस्तो सुनचाँदी व्यवसायीहरुको अनुहारमा चमक देखिदैन । किन भने सुनको भाउ उकालो लाग्दा सोचे अनुसारको कारोबार भएको छैन । त्यसैले सुनचाँदी व्यवसायीमा निराशा छाएको पाईएको छ ।

सुनको भाउ उकालो लाग्दा कारोबारमा सन्नाटा छाएको गुलरिया नगरपालिका–६ हुलाक चोक स्थित रहेको न्यू बागेश्वरी सुन चाँदी पसलका संचालक जय कुमार यादवले बताए । ‘अघिल्लो महिना सम्म कारोबार ठिक ठिकै चलेको थियो’यादवले भने,‘तर,चैत देखि सुनको भाउ आकाशिएसंगै कारोबारमा सन्नाटा छाएको छ ।’ लगातार बढेको सुनको भाउले कारोबार नै ठप्प भएको छ । कुनै कुनै दिन त बोहनी समेत नहुने गरेको यादवको भनाई छ ।

सुनको भाउ उकालो लाग्दा किनमेल गर्ने उपभोक्ताहरु क्रमशःघट्दै गएको अन्य सुन चाँदी व्यवसायीहरुको भनाई छ ।
सुनको भाउ बढेर कारोबारमा म्याकसिमम प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी संघ बर्दियाका अध्यक्ष बिष्णु कुमार सुनारले बताए । ‘एक महिना अगाडि सुनको मुल्य प्रति तोला रु १ लाख १७ हजार थियो’अध्यक्ष सुनारले भने,‘आइतबार प्रति तोला मुल्य रु १ लाख ३६ हजार १ सय पुगेको छ ।’

बजारमा सबै पसलमा उपभोक्ताहरुको चहल पहल देखिदैन । तर, विषेश गरि सुनचाँदी व्यवसायी मारमा परेका छन् । तीन चार दिनसम्म सुनचाँदी व्यवसायी साथीहरुले बोहनी समेत नगरेको दुखेसो सुनाउँछन् । पुरानो पसल भएपनि आइतबार साढे चार बजेसम्म आफ्नै पसलमा बोहनी नभएको अध्यक्ष सुनारले दुखेसो सुनाए ।

गत बिहीबार सुनको मुल्य प्रति तोला रु १ लाख ३४ हजार ५ सय, शुक्रबार १ लाख ३३ हजार २ सय र आइतबार १ लाख ३६ हजार १ सय पुगेको अध्यक्ष सुनारले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय