९ प्रतिशत बिद्यार्थी उर्तिण संख्या,७ बिद्यालयको नतिजा शून्य
बर्दिया,चैत २७(फरकसमाचार)/ बढैयाताल गाउँपालिकाको परीक्षा समितिको बैठकमा सामुदायिक बिद्यालयको नतिजा कमजोर भएको सावित भएको छ । २७ सामुदायिक बिद्यालयको ८ कक्षाको नतिजामा ७ बिद्यालयको शून्य नतिजा देखिएको छ । सामुदायिक बिद्यालयको यस्तो नतिजा लाजमर्दो हो । सामुदायिक बिद्यालयको तर्फबाट कक्षा ८ मा सहभागि ८ सय २ जना बिद्यार्थी मध्य ७७ जना मात्र परिक्षामा उर्तिण भएका छन् ।
प्रतिशतमा निकाल्दा ९ दशमलब ६० प्रतिशत बिद्यार्थी मात्र उर्तीण भएको रेर्कडमा देखिएको छ । परिक्षा समितिले प्रश्न पत्र तयार पारेर कापी जाँच गरेपनि सम्बन्धित बिद्यालयमा कक्षा ८ को परिक्षा संचालन भएको थियो । परिक्षा अनुगमनमा समेत गाउँपालिका फितलो अनुगमन गरेको अभिभावको भनाई छ । बिद्यालयमा परिक्षा दिएका बिद्यार्थी नतिजा यस्तो छ भने बाह्रय बिद्यालयमा परिक्षा लिदा कति खस्किने हो भन्नेमा अभिभावक चिन्तित छन् ।
बढैयाताल गाउँपालिकाको सामुदायिक बिद्यालयको निराशाजनक शिक्षा क्षेत्रको प्रगतिलाई लिएर यति बेला चौतर्फी आलोचना भईरहेको छ । यस्तो नतिजाको पछाडी पालिकाले शिक्षा क्षेत्रमा देखाएको उदाशिनताको पराकाष्ठा भएको स्थानीय प्रतिक्रिया दिन्छन् ।
कक्षा ८ को रिजल्ट शून्य हुँदा पालिकाका पदाधिकारी माथि प्रश्न चिन्ह उठेको छ । कक्षा ८ को रिजल्ट शून्य हुनु दुखद रहेको सर्वसाधारणले टिप्पणी गर्छन् । वर्षभरि पढाएर रिजल्टमा एउटा पनि विद्यार्थी उत्तिर्ण नभएर शून्य रिजल्ट आउँनु बालबालिकाको भविष्यमाथि खेलवाड गरिएको अभिभावकहरुको बुझाई छ । बालबालिकाको भबिष्य माथी खेलबाड गर्ने शिक्षक वा शैक्षिक सुधारमा चासो नदेखाउँने जनप्रतिनिधिलाई दोष लागेको छ ।
सामुायिक र संस्थागत गरी ७ वटा विद्यालयमा रिजल्ट शून्य आएको परिक्षा समितिको संयोजक बिमला गुरुङ्गले जानकारी दिईन । बढैयाताल गाउँपालिकामा अध्यक्ष हिमालय त्रिपाठी संयोजकत्वमा सोमबार परीक्षा समितिको बैठकबाट सामुदायिक बिद्यालयको नतिजा खस्किएको खुलासा भएको हो ।
बढैयातालमा सामुदायिक बिद्यालय ९ प्रतिशत उर्तीण संख्या भएकोे अवस्थामा ६ वटा संस्थागत बिद्यालयको बिद्यार्थीको उर्तीण संख्या ६९ दशमलब ८५ प्रतिशत रहेको छ ।