बर्दिया,चैत २६(फरकसमाचार)/ करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु भएको छ । राजापुर नगरपालिका–७ भिम्मापुरका ४० वर्षिय श्यामलाल थारुको करेन्ट लागेर सोमबार मृत्यु भएको हो ।
राजापुर नगरपालिका–१० खैरीमा विद्युतीय काम गर्दै गर्दा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरीका कार्यालय राजापुरका डिएसपी सागर बोहोराले जानकारी दिए ।
विद्युत पोलमा तार जोड्न क्रममा थारूलाई करेन्ट लागेको थियो । केहीबेर पोलमा अड्किएपछि तल जमिनमा खसेका थारूको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक थारु करिब डेढ वर्ष देखि प्राविधिक हेल्पर पदमा करारमा राजापुर वितरण केन्द्रमा कार्यरत रहेका थिए ।