निःशुल्क कान शिविरबाट १ सय ५० जना लाभान्वित
बुधबार, चैत २८, २०८० मा प्रकाशित

बर्दिया,चैत २८(फरकसमाचार)/ गेरुवा गाउँपालिका–५ पशुपतिनगर स्वास्थ्य चौकीमा निःशुल्क प्राथमिक कान उपचार शिविर सम्पन्न भएको छ ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगंजको प्राविधिक सहयोग तथा आयोजना र गेरुवा गाउँपालिकाको समन्वयमा निःशुल्क प्राथमिक कान उपचार शिविर मंगलबार सम्पन्न भएको हो ।

उक्त शिविरमा ७० पुरुष र ८० महिला गरि जम्मा १ सय ५० जनाले निःशुल्क रुपमा कान चेकजाँच गराएको सामान्य कान चिकित्सक भिषण कुमार थारुले बताए ।

कान चेक जाँचको क्रममा ३६ जनाको कान पाक्ने र १७ जना काने गुजी रहेको भेटिएको सामान्य कान चिकित्सक दामोदर चौधरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय