विद्यार्थी केन्द्रित सिकाईको लागि शिक्षकलाई तीन दिने तालिम
बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख ५(फरकसमाचार)/ विद्यार्थी केन्द्रित सिकाईको लागि शिक्षकहरुलाई तालिम दिन सुरु गरिएको छ । एक्सनएड नेपालको आर्थिक सहयोग र कमैया महिला जागरण समाज नेपालको आयोजनामा शिक्षकहरुको लागि गुलरियामा बुधबार देखि तीन दिने तालिम सुरु गरिएको हो ।

एक्सनएड नेपाल र कमैया महिला जागरण समाज नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत बाल कक्षा देखि आधारभूत तहका (कक्षा १ देखि ३ कक्षा) का शिक्षकहरुका लागि विद्यार्थी केन्द्रित सिकाई सामाग्री निर्माण तथा प्रयोग सम्बन्धि तालिम सुरु भएको छ ।

तालिममा राजापुर नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकाका २८ जना शिक्षक शिक्षिकाले सहभागिता जनाएको स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले बताए । ‘बाल कक्षा देखि ३ कक्षासम्मका विद्यार्थीहरुलाई सहज तरिकाले शिक्षण सिकाई गर्न सजिलो होस् र शिक्षण सामाग्रीहरुका माध्यमबाट पठन पाठन गर्ने सिकाई वृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको छ’ कार्यक्रम संयोजक चौधरीले भने,‘तालिमले शिक्षण सिकाई अझै प्रभावकारी हुने विश्वास छ ।’

कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष बिरुणी थारुको सभाध्यक्षतामा तालिम उद्घाटन भएको थियो । तालिम उद्घाटन सत्रमा सहभागिलाई स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम अधिकृत राजेन्द्र प्रसाद थारुले स्वागत मन्तव्यले स्वागत गरेका थिए भने कार्यक्रम संयोजक रमेश कुमार चौधरीले कार्यक्रम संचालन गरेका थिए । राजेन्द्र पोखरेल र जैसरा शर्माले तालिममा सहभागि शिक्षक शिक्षिकालाई प्रशिक्षण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय