श्रीराम नवमीको अवसरमा गुलरियामा बृहत शोभा यात्रा
बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित

बर्दिया, बैशाख ६(फरकसमाचार)/ १२औं स्थापना दिवस तथा श्रीराम नवमीको अवसरमा गुलरियामा बृहत शोभा यात्रा निकालिएको छ । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा बुधबार गुलरियामा बृहत शोभा यात्रा निकालिएको हो ।

शोभा यात्रामा सहभागी भक्तालुहरुले पहेलो वस्त्रमा सजिएका थिए । साथै जय श्रीरामको नारालगाएका थिए । भक्तालुहरुले नारा लगाउँदा गुलरिया जय श्रीरामको नाराले गुन्जायमान बनेको थियो । बृहत यात्रामा भक्तालुहरुको बाक्लो उपस्थिती रहेको थियो ।

शोभा यात्रामा गुलरियाका १२ वटै वडाबाट भक्तालुहरुले सहभागिता जनाएका थिए । पहेलो वस्त्रमा सजिएका भक्तालुहरुले भगवान् श्रीरामको तस्विर र बजरंगबलीको भण्डा फहराएको दृश्यले जो कोहीको ध्यान आकर्षण गरेको थियो । गणेशपुर देखि सुरु भएको शोभा यात्रा गुलरिया बजारलगायतको स्थानमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय