जनताको कसिमा स्थानीय सरकार
शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

यति बेला देश तीनतहका सरकारबाट संन्चालित छ । हिजोको एकात्मक राज्य प्रणालीलाई खारेज गरि संघीय लोकतान्त्रिक गणतन्त्रात्कम राज्य प्रणाली प्रयोगमा छ । दोस्रो कार्यकालको दुई बर्ष बित्नै लाग्दातीनै तहका सरकार प्रति जनता खुसी देखिदैन । जनता त ‘कागलाइ बेल पाक्यो हर्ष न बिस्मात’ कै अबस्थामा देखिन्छन् ।कुन आधारमा उपलब्धि बिहिनलोकतन्त्रको बहष भईरहेको छ त ?पछिल्ला घटना क्रममा लोकतन्त्रका बिषयमा नकारात्मक सोच हाबी भएको सार्वजनिक रुपमा देखिरहेको छ । यो उपलब्धित्यति सहजै आएको चाहिँ होइन ।

यो परिवर्तन प्राप्तिकालागिथुप्रै राजनैतिक लडाइ, जनताको साहदत पछि प्राप्त परिबर्तन हो यो । तीनतहको राज्यब्यबस्थाको परिकल्पना साथ संबिधाननिर्माण गरि जन अभिमतका साथ सरकार स्थापनाभएकाहुन् । संघिय लोकतान्त्रिक सरकारमाजनताले जुनअपेक्षा गरेका थिएतीअपेक्षानिरासामाबदलिएको जनताका अभिमतबाट देखिनथालेको छ ।

निर्बाचितनिकाय र स्थापित सरकार पनिकहि न कतै अलमलभएकै देखिएको छ । कामकाहा बाट शुरु गर्ने कसरी जनताको माग संबोधनगर्ने भन्नेमाअन्यौलता देखिएको छ। निर्बाचितजनप्रतिनिधिहरुमा पनि आफू निर्णायक बन्ने होड बाजि देखिँदा समन्वयात्मक तरिकाबाट कामहुन सकेको छैन ।

स्थानीय सरकारलाई जनताको कडा आरोप लाग्ने गरेको छ। कामकारबाहीका संबन्धमा हेर्दा पुरानै पारामा संन्चालनभएको जनताको बुझाइ छ । बिनियोजित बजेट आफ्नानजिकैका कार्यकर्ताबाट परिचालनगर्ने गरेको आरोप लागेको छ ।

कतिपय उपलब्धि बिहिन कार्यक्रमआयोजना गरि बजेट सक्ने मात्र काम भएको आरोप समेत लागेको छ । अर्को तिर जनप्रतिनिधि र कर्मचारी बिच समन्वय देखिदैन। कतै कर्मचारी हाबीहुने कतै कर्मचारीलाई दबाबमा पारेर कामगर्ने प्रवृत्ति मौलाउदै गएको छ। कम्तिमा स्थानीयतहका सरकारले अहिलेलाई निम्न प्रक्रियाबाट अगाडि जान सके यो प्राप्त उपलब्धिप्रती जनताले समेत अपनत्वलिन सक्ने अवस्थाआउन सक्ने छ ।

१) प्रत्येक पालिकाले आफ्नो पाकिकाको गुरु योजनातयार गर्ने।

२) आफ्नो पालिकामाशिक्षा, स्वास्थ, खानेपानी, सरसफाइ, सडक, क्षमताबिकास, नागरिक सचेतना, भौतिकपुर्बाधार, कृषिपशु सिचाइ , औद्योगिक, रोजगारी, सहकारी, महिलाबालबालिकादलित पिछ्डा वर्ग, युवा, खेलकुद , सुचना संन्चार आदि क्षेत्रमा का के गरिदै छ भन्ने कुराको अग्रिम योजनानिर्माण गरिन जरुरी छ ।

३) वाडै बिच्छे दामासाहिले रकम बाड्ने भन्दापनि समग्र पालिकाको एकीकृत योजनाबनाएर योजना संन्चालनगर्न जरुरी छ ।

४) कंतिमापाचबर्षको योजनाबनाएर कुन वार्डमाकुनआबमाकुनकामहुदैछ भन्ने स्पष्ट पारिनु पर्छ ।

५) हरेक जनप्रतिनिधिले आफू आउनु पुर्ब आफ्नो क्षेत्रको अवस्था सोच र परिकल्पनाको अबस्थाअहिलेसम्मभएको कामको प्रगतिको पार्श्व चित्र टेबुलमा राख्न जरुरी छ ।

६) प्रत्येककाममा गुणस्तरमाध्यानदिदै कमकबोल गर्नेलाइकाम गराउने परिपाटी बसाल्न जरुरी छ ।

७) खरिद प्रक्रियालाई पारदर्शी बनाउनखरिद समितीबनाउने र खरिदलाइपारदर्शी बनाउने जरुरी छ।

८) आफुले लिएको सेवा सुबिधा सार्बजनिकगर्ने परिपारी बसाल्न सक्नु पर्छ ।

९) चाकडी चाप्लुसीगर्ने कर्मचारी भन्दाइमानदार सक्षमक्षमातावानलाइजिम्मेवारी दिन सक्नु पर्छ ।

१०) उपभोक्ता समितिको नाममासिमितकार्यकर्ता मोटाउने प्रवृत्तिअन्तहुन जरुरी छ ।

११) जनताको गुनासो सुनुवाइको उचितब्यबस्थाहुन जरुरी छ ।

१२) विभिन्न गैरसरकारी संस्थालाइपालिकाको कार्यक्रममा मेल हुने गरि पुर्ण समन्वयात्मतरिकाबाट काम गराउन जरुरी छ।

१३) अन्तर पालिका समन्वयात्म योजना समेत तयार गरि साझाकार्यक्रम संन्चलनगर्न जरुरी छ ।

१४) पालिकाबाट हुने कामको अनुगमनकालागिमौजुदाब्यबस्थामा परिवर्तन गरि बिज्ञ सहितको बाह्य टिम निर्माण गर्न जरुरी छ ।

१५) सबल सक्षमनिगरानि, सुचना सङकलन र प्रवाहलागि स्थानिय संचार माध्यमलाई पुर्ण सहयोगको वातावरण बनाउनु पर्छ।

आदरणीय स्थानीय सरकारका प्रतिनिधिहरु तपाइहरुले हिजो मत माग्दा बनाएको घोषणा पत्रखोज्नुहोस । अनि तपाईका प्रतिस्पर्धी उम्मेदवारको पार्टिको घोषणा पत्रपनिखोज्नु होस । ति घोषणा पत्रमा भएकाअसल कुरा कतिलागू भए भएनन् एक पटक गहिरो गरि अध्ययन गर्नु होस । तपाईअहिले सत्ताको बिरासदमा हुनुहुन्छ तेता घ्यान नजान सक्छ। तर पनि जनताको प्रतिनिधि भएको नाताले जनताको कसिमा बाधिएर आफुलाई सुधार गरि समयमै जनताको मागलाई संबोधनगर्ने सके जनताको निरासामा केही कमि हुने थियो कि ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय