अबैध सामानसहित तीन भारतीय पक्राउ
सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख १७(फरकसमाचार)/ भारतबाट अबैध रुपमा ल्याउँदै गरेको सामानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गेरुवा गाउँपालिका–६ लोहागड स्थितबाट प्रहरीले अबैध सामानसहित तीन जनालाई शनिबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला लखिमपुर ठकेरुवाका २३ वर्षिय मुरत खान, ५० वर्षिय साबिर खान र ७० वर्षिय बन्देज खान रहेका छन् ।

भारतबाट डल्लपमा सामान लोड गरि नेपालतर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद सामानमा ९ क्विन्टल तरबुजा, २ क्विन्टल ५ केजी प्याज, २६ केजी सिद्रा माछा, १६ केजी सुकेको खुर्सानी, ६६ केजी कुखुरा र तीन वटा डल्लप रहेका छन् ।

प्रहरीका अनुसार बरामद सामानको मुल्य रु १ लाख ८४ हजार ५ सय ५० रहेको छ । सामानसहित व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय