बर्दिया,बैशाख २१(फरकसमाचार)/ रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रहरी बनेर धाकधम्की दिएर रकम माग गर्ने तीन जनालाई प्रहरीलाई बुधबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–९ का माछागढका २५ वर्षिय मान बहादुर सुनार, २२ वर्षिय निरज नेपाली र २२ वर्षिय हिमाल बिक रहेका छन् ।
बाँसगढी नगरपालिका–७ कालाबन्जर स्थित जंगलमा भे १ ख ३५०७ नंम्बरको ट्रक रोकी रकम माग गरेका थिए । बाँसगढी नगरपालिका–६ दमौलीका शक्ती श्रेष्ठ ट्रक चालकको मिलेमतोमा तीन जनाले रकम माग गरेका थिए । ट्रक रोकी जिल्ला बहराईच थाना मोतिपुर ग्राम स्थायी वतन भई हाल गुलरिया नगरपालिका–५ स्थित लक्ष्मी टे«ड एण्ड सप्लायर्समा कामदारको रुपमा काम गर्दैआई रहेका ३६ वर्षिय ईलियास शेषलाई बोलाई आफुहरु सादा पोशाकको प्रहरी हौं भनि रकम माग गरेका थिए ।
पक्राउ परेका तीन जनाले शेषसंग रु ५ हजार दिएपछि मात्र ट्रकमा लोड भएको कवाड सामान लाग्न पाईने धाकधम्की दिएका थिए । प्रहरीले सुचना पाउनसाथ उक्त स्थानमा पुगेको थियो । रकम माग्ने काममा संलग्न रहेका तीन जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जनाए । रकम माग्न लगाउने मुख्य योजनाकार ट्रक चालक फरार शक्ती श्रेष्ठ फरार छन् । फरार श्रेष्ठको खोजी भईरहेको डिएसपी अर्यालले जानकारी दिए ।