बर्दिया, बैशाख ३०(फरकसमाचार)/ जिल्लास्थित नेपाल भारत सिमा नाका भोली सोमबार राति १२ बजेसम्म सिल रहनेछ । भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गरि तीन दिनको लागि शुक्रबार राति १२ बजेदेखि सिमानाका सिल गरिएको हो ।
छिमेकी मित्रराष्ट्र भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा बैशाख ३१ गते लोकसभा निर्वाचन हुदैछ । निर्वाचन सम्पन्न भएपछि सोमबार राति १२ बजे देखि आवत जावतको लागि खुल्नेछ ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि बर्दिया जिल्लास्थित नेपाल भारत सिमा नाका सिल गरिएको जिल्ला प्रशासन कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ । बैशाख २८ गते शुक्रबार राति १२ बजे देखि बैशाख ३१ गते राति १२ बजेसम्म आवत जावत बन्द रहने छ ।