केही अवधिका लागि काम चलाउ पत्रकार महासंघ
सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

बर्दिया,बैशाख ३१(फरकसमाचार) / केही अवधिका लागि काम चलाउ नेपाल पत्रकार महासंघ बनेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको २२औं साधारणसभा तथा १२औं अधिवेशन आइतबार सम्पन्न भएपछि केही अवधिको लागि काम चलाउ बनेको हो । पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते केन्द्रले निर्धारण गरेको छ । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन एकै दिन हुनेछ । आगामी निर्वाचनले नयाँ पदाधिकारी चयन गर्नेछ । त्यस अवधिको लागि काम चलाउ पत्रकार महासंघ बनेको छ ।

गुलरिया नगरपालिका–७ बदलुपुर स्थित महासंघको कार्यालयमा आइतबार आयोजित साधारण सभामा स्थानीय संचारमाध्यमको विकास, संरक्षण र सम्बद्र्धनको माग गरिएको हो । पछिल्लो समयमा स्थानीय संचारमाध्यमहरु आर्थिक कठिनाई भोगिरहेको अवस्था रहेको छ । स्थानीय संचारमाध्यमहरुलाई बलियो बनाउन सबै निकायले सघाँउनुपर्ने भनाई प्रस्तुत गरिएको छ ।

त्यसैगरि जिल्ला स्थित पत्रकारको हकहित, प्रेस स्वतन्त्रता र सुचनाको हक सुनिश्चित गर्न, स्थानीय संचारकर्मीहरुको क्षमता विकाश पेशगत वृद्धि विकाशका लागी हातेमालो गर्न, पत्रकार आचारसंहिताको पूर्ण पालनाका लागि जिम्मेवार र मर्यादित पत्रकारिता गर्न संचारकर्मीलाई साधारणसभामा आह्वान गरिएको छ ।

जिल्लाको समृद्धिको आधार एव सम्भावनाको क्षेत्र पर्यटन भएकोले पर्यपटन प्रवद्र्धनका लागि प्रचार प्रसार भूमिका निर्वाह गर्न तिनै तहका सरकार समक्ष जोडदार माग आह्वान गरेको छ । त्यसैगरि गुलरिया नगरपालिका–७ बदलपूर क्षेत्र पत्रकार महासंघको कार्यालय आसपास रहेको विपन्न बस्तीको चौतर्फी विकाशमा ध्यानदिन गुलरिया नगरपालिकालाई अनुरोध गर्ने साधारण सभाले घोषणा पत्र जारी गरेको छ ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा केन्द्रिय प्रतिनिधि शुक्ररिषि चौलागाईको उपस्थितीमा २२औं साधारणसभा सम्पन्न भएको छ । आगामी जेठ २६ गते पत्रकार महासंघको तीनै तहको निर्वाचनको लागि केन्द्रले मिति तोकेको छ ।

जुन जिल्लामा पत्रकारिता क्षेत्र सक्रिय छैन, त्यो जिल्लाको सुरक्षा व्यवस्थापन, विपद व्यवस्थापनलगायत हुने विभिन्न किसिमका सामाजिक विकृतिहरु न्युनिकरण गर्न गाह्रो हुने प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताए । पत्रकार र सुरक्षा समितिको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्छ । जिल्ला स्थित पत्रकारहरुको हकहित र गुणात्मक सुधारको लागि सधैं सहकार्य गर्ने प्रजिअ खरेलले बताए । ‘जिल्लाको सुशासन कायम गराउन, सेवा प्रवार्हलाई प्रभावकारी बनाउन पत्रकारहरुको भुमिका छ,’प्रजिअ खरेलले भने,‘यहाँहरुले बेला बेलामा पत्रकारिताको माध्यमबाट निरन्तर सचेत गराईरहनु भएको छ ।’

नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको २२औं साधारणसभा तथा १२औं अधिवेशनमा प्रजिअ बेद प्रसाद खरेल, नेपाल प्रहरी उपरीक्षक प्रबिण धिताल, सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा केन्द्रिय प्रतिनिधि शुक्ररिषि चौलागाई,कोषाध्यक्ष यमनाथ घिमिरे, जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्य, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, वडा नंम्बर ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा, बार एशोसियनका अध्यक्ष कमल पाण्डे, महासंघको भवनको लागि जग्गादाता सुभाष पोखरेल, निर्माण व्यवसायी संघका अध्यक्ष हेमन्त प्रकाश गिरीलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर