रोग फैलिन नदिन स्वास्थ्यकर्मीलाई अभिमुखीकरण
मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

बर्दिया,जेठ १(फरकसमाचार)/ रोग फैलिन नदिन अस्पतालले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरेको छ । बर्दिया अस्पताल ल्याब, आइपिडि र ओपिडि फाँटमा कार्यरत स्वास्थ्यकर्मीलाई सोमबार अभिमुखीकरण गरेको हो ।

बिरामीमा सर्न सक्ने रोग पत्ता लागेपछि तत्काल मेडिकल रेकर्डरलाई रिपोर्ट गर्न अनुरोध गरिएको छ । मेडिकल रेकर्डरले अनलाईन रिपोटिङ्ग गरेपछि त्यसको बारेमा स्वास्थ्य विभागसम्म जानकारी हुन्छ । पत्ता लागेको रोग फैलिन नदिन काम सुरु हुन्छ । जसले गर्दा सर्न सक्ने रोगले महामारीको रुप लिन नसक्ने विश्वास अभिमुखीकरणमा व्यक्त गरिएको छ ।

बिरामीमा देखिएका सर्न सक्ने उच्च जोखिका रोग फैलिएर महामारीको रुप लिन सक्छ र सर्वसाधारणको अकालमै ज्यान जान सक्छ । यस्ता प्रकृतिका रोगलाई फैलिन नदिने उदेश्यले अस्पतालमा कार्यरत डाक्टर नर्सहरुलाई अभिमुखीकरण गरिएको बर्दिया अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले बताए । अस्पतालकी डाक्टर सुनिता भण्डारीले अभिमुखीकरणमा प्रस्तुतीकरण गरेकी थिईन् । अस्पतालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेयको अध्यक्षतामा अभिमुखीकरण सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय