एम्बुलेन्स दुर्घटनामा बर्दियाकी युवतीको मृत्यु
मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

कैलाली,जेठ १/ कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा बर्दियाकी एक युवतीको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टका अनुसार उनी भारतमा उपचार गरेर घर फर्किरहेकी थिइन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा आज बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो । सडकमा अनियंत्रित भएर एम्बुलेन्स पल्टिएको बताइएको छ ।

भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी अञ्जली दुर्घटनामा परेर गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा अञ्जलीको लालरत्न अस्पतालमा मृत्यु भएको हो ।

एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल रहेको बताइएको छ । एम्बुलेन्स चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय