बर्दिया जेठ ३(फरकसमाचार)/ मगन्तेको भेषमा नेपाल प्रबेश गरेर संरक्षित वन्यजन्तुको अबैध कारोबार संलग्न देखिएका भारतीय समूहले मागेर सताउँने गरेको धेरैले सुने पनि दुर्घटनाकोे जोखिम उठाएर सर्वसाधारणलाई दुःख दिने सम्म घटना घटाउँदा प्रहरी र प्रशासन मूख दर्शक बनिरहेको छ ।
संरक्षित बन नजिक बसेर सिकार गर्ने यस्ता समूहलाई निकुन्ज प्रशासनले प्रबेश निषेध गरेसँगै गुलरिया बजारमा यस्ता समूहको हालीमूहाली भईरहेको छ । बजारको छेउछाउँ बस्ने भारतीय मगन्तेको यतिबेला बिगबिगि जस्तै छ । सवारी साधनमा आएर ठोक्एिर घाईते भएको नाटक प्रस्तुत गर्दा चालकलाई समस्या परिरहेको छ ।
मोपेड बाईकमा फरक समाचार दैनिक वितरण गर्ने प्रमेश यादव त्यस्ता मगन्तेको बुधवार बिहान शिकार भए । नियमिति पत्रिका वितरणमा हिडेका बेला उनको मोपेड बाईकमा एकाएक मदिरा सेवन गरेकि भारतीय मगन्ते महिला ठोक्किदा समस्या झेल्न परेको उनको गुनासो छ ।
दश,बिसको स्पीड चलिरहेको मोपेड मोटरसाईकलमा आफै ठोक्किन आएको ति महिला आफै बेहोस भएको नाटक प्रस्तुत गर्दा दुनिया चकित परेकोे उनले सुनाए । पत्रिका वितरणमा हिँडेका बेला मोटरसाईकलमा ठोक्किन आएकि भारतीय नागरिकलाई औषधि उपचार गर्दा अनावश्यक आर्थीक भार थपिएको उनको गुनासो छ ।
गुलरिया नगरपालिका–७ स्थित सशस्त्र प्रहरी सेना मुखका प्रहरी नायब निरिक्षक राजन मल्लका अनुसार फरक समाचार दैनिकका बितरक यादव सवार मोटरसाईकलमा अत्याधिक मदिरा सेवन गरेकि महिला ठोक्किएकि थिईन् । गम्भीर घाईतेको नाटक गर्ने ति भारतीय महिलालाई बर्दिया अस्पताल पठाएर उपचार गरिएको उनले जानकारी दिए । यो प्रतिनिधि घटना मात्र हो ।
यसरी माग्ने,चोरी गर्ने र पछिल्लो समय दुर्घटनामा परेको नाटक प्रस्तुत गर्दा सर्वसाधारण समस्यामा पर्दै आएका छन् । ब्रेक नभएको साईकल, मदिरा सेवन गरेर हिड्ने त्यस्ताले सवारी साधनमा ठोक्किन जाँदा अनावश्यक तनाव गाडी चालक वा सर्वसाधारणलाई सास्ती भोग्न परिरहेको छ । गुलरियाका चोक र गल्लीमा भारतीय माग्नेहरू प्रशस्तै भेटिन थालेका छन् । पैदलयात्रीलाई कपडामै झुण्डिएर माग्ने गरेकाले यात्री तथा व्यापारी आजित बनेका छन् ।
आधा दर्जन बालबालिकाहरू माग्न हिँड्दै गरेका भेटिन्छन् । सडकमा समूह नै बनाएर मगन्ते बालबालिका भेटिने गरेको स्थानीय बताउँछन् । माग्नेले कपडा तान्ने, खुट्टामा झुण्डिदा समस्यामा परेको सरकारी कार्यालय आउँने सेवाग्राही बताउँछन् ।
स्थानीयका अनुसार ती बच्चाहरू नेपाली बोल्न नजान्ने र हिन्दी भाषामा माग्ने गरेका छन् । यस अघि भारतबाट माग्ने भेषमा प्रबेश गर्ने मगन्तेको मूख्य पेशा संरक्षित वन्यजन्तु कारोबार हो । बन जंगल नजिक त्रिपाल टाँगेर बस्ने गरेको देखिने त्यस्ता मगन्ते भेषका मानिसहरु यतिबेला चोक र चौरहामा देखिरहेका छन् । कागजमा सहयोग गरिदिन लखेका, जोगी भेष धारण गर्ने र बिभिन्न बहानामा पैसा माग्न हिड्नेलाई प्रशासनले निगरानी गर्न पर्ने स्थानीय व्यबसायीको माग छ । पसलमा बोहनी हुदैन बिभिन्न बहानामा भिख माग्न आउँने दिनभरी लर्को देख्दा दिक्क लाग्ने गरेको व्यबसायी कृष्ण मैनाली बताउँछन् ।
निकुन्ज प्रशासनले त्यस्तो मगन्ते भेषमा शिकार गरेको अनुसन्धानबाट देखिएपछि लखेट्दा यस्ता मगन्ते गुलरिया बजार केन्द्रित भईरहेका छन् । जताततै पाल टाँगेर बसेका मगन्ते भेषका भारतीय नागरिकलाई स्थानीय प्रशासनले लखेटन पर्ने स्थानीयको माग छ ।