व्यवसायी र प्रहरीबिच ‘नरम र गरम’सहमति
शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

बर्दिया,जेठ ४(फरकसमाचार)/ व्यवसायी र प्रहरी बिच बुधबार साँझ भएको विवाद सहमति भएको छ । सिमानाकामा भईरहेको तस्करीलाई रोक्न उद्योग वाणिज्य संघ र प्रहरीको संयुक्त अनुगमन गरि कडाई गर्ने सर्तमा सहमति जुटेको हो । व्यवसायी माथि प्रहरीले ज्यादती गरेको भन्दै उद्योग वाणिज्य संघले बिहीबार बजार बन्द गरेको थियो ।

व्यवसायी माथी भएको ज्यादती र सिमापारीका बजारबाट ल्याउने सामानमा पुर्ण बन्देज नगरेसम्म गुलरिया नगरपालिकाका बजार बन्द गर्ने उद्योग वाणिज्य संघले उद्घोष गरेको थियो । बिहीबार आधा दिनसम्म गुलरिया बजार बन्द रह्यो । त्यसपश्चात व्यवसायी र प्रहरीबिच सहमति जुटेको हो ।

व्यवसायीले प्रक्रिया पु¥याएर ल्याएको सामान सादा पोशाकका प्रहरीले धरपकड गरेर खोस्न खोजेपछि बुधबार साँझ भन्सार रोड स्थित व्यवसायी र प्रहरी बिच घम्साघम्सी परेको थियो । सादा पोशाकका प्रहरीले ज्यादती गरेको भन्दै व्यवसायीहरु आन्दोलित बनेका थिए ।

भन्सार कार्यालयको लिलाम प्रक्रिया स्विकार गरेर व्यवसायीले ल्याएको सामान सादा पोशाकका प्रहरीले खोस्न खोजेपछि विवाद सिर्जना भएको थियो । भन्सार कार्यालयले लिलाम प्रक्रिया स्विकार गरि ल्याएको सामानमा अबैध सामान छ भन्दै सादा पोशाकका प्रहरीले धरपकड गरि ज्यादती गरेको व्यवसायीहरुको दाबी छ । भन्सारबाट ल्याईएको सामानमा अबैध सामान छ प्रहरीले भनेपनि त्यो एकिन भएन ।

भन्सारबाट ल्याएको सामानमा अबैध सामान मिसावट रहेको सुचना आएको प्रहरी उपरीक्षक प्रबिण धितालले बताए । ‘तत्काल बुझ्न सादा पोशाकका प्रहरी खटिएका थिए,’प्रहरी उपरीक्षक धितालले भने,‘सामान चेकजाँच गर्ने क्रममा स्थानीयबाट अवरोध भयो ।’ पछि थप प्रहरी पुग्दा सामान लगिसकेको अवस्था थियो । जसले गर्दा सुचना आएको बमोजिम अबैध सामान मिसावट थियो वा थिएन एकिन गर्न नसकिएको प्रहरी उपरीक्षक धितालले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय