काठमाडौँ,जेठ ६ / संसद् खुलाउने विषयम" />
लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

काठमाडौँ,जेठ ६ / संसद् खुलाउने विषयमा दलहरूबिच सहमति नजुट्दा पूर्व निर्धारित समयमा प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइए पनि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको विषयमा कार्यविधि निर्माणबारे सहमति नजुट्दा प्रतिनिधिसभा बैठक बस्ने समय लम्बिएको छ ।

सरकार सहकारीको विषयमा छानबिन समिति बनाउन तयार देखिएपछि कसरी गर्ने भन्ने कार्यविधि निर्माणका लागि सत्तापक्ष दल र प्रतिपक्षी दलका प्रतिनिधिहरूबिच कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेको छ ।

निर्णयका लागि कानुनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छलफलमा जुटिरहेका छन् ।

यस्तै आइतबार बसेको विपक्षी दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको छ । साथै संसदीय छानबिन समितिको कार्यविधिमा सहमति नभएसम्म सदन चल्न नदिन विपक्षी दलले सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर