लागु औषधसहित ५ जना पक्राउ
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित

बर्दिया,जेठ ७(फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट लागु औषधसहित ५ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरि शनिबार सार्वजनिक गरेको हो ।

मधुवन नगरपालिका–८ बस्ने एक जनाको घरवतनमा चेकजाँच गर्दा ५० मिलीग्राम लागु औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

त्यसैगरि बढैयाताल गाउँपालिका–२ स्थित भारत तर्फबाट शंकास्पद रुपमा नेपाल आउँदै गरेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको छ । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–६ का २६ वर्षिय मनोज सिंह ठकुरी, वडा नंम्बर ५ का २३ वर्षिय बिशाल परियार, कोहलपुर नगरपालिका–१४ का २७ वर्षिय सुनिल सिंह ठकुरी र २८ वर्षिय गणेश सिंह ठकुरी रहेका छन् ।

चेकजाँचको क्रममा मनोज सिंह ठकुरीको साथबाट १ सय ४० मिलीग्राम लागु औषध फेला परेको प्रहरीले जनाएको छ । पाचै जनालाई नियन्त्रणमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय