लोकसभा निर्वाचनलाई भयरहित बनाउन सिमामा संयुक्त गस्ती
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित

बर्दिया, जेठ ७ (फरकसमाचार)/ भारतमा भईरहेको लोकसभा निर्वाचनलाई भयरहित बनाउन जिल्लास्थित नेपाल र भारत सिमामा प्रहरीले संयुक्त रुपमा गस्ती गरिरहेका छन् । मित्रराष्ट्र भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा पाँचौ चरणको लोकसभा निर्वाचन आज सोमबार हुदैछ ।

यस निर्वाचनलाई शान्तिपुर्ण भयरहित वातावरणमा सम्पन्न गर्न दुवै देशका प्रहरीले संयुक्त रुपमा सिमामा निगरानी बढाएका छन् । एसएसबिको असिस्टेन्ट कमाण्डर रमेश चन्दको नेतृत्वमा संयुक्त गस्ती टोली परिचालन भएको छ ।

खुल्ला सिमानाका कारण घुसपेट हुने सम्भावनालाई मध्यनजर गरि शुक्रबार राति देखि मतदान समापन नहुँदासम्म जिल्लास्थित नेपाल भारत सिमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ । निर्वाचन समापन पछि बन्द रहेको सिमानाका खुल्ने प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर