बर्दियामा मृत अवस्थामा बाघ फेला
सोमबार, जेठ ०७, २०८१ मा प्रकाशित

बर्दिया,जेठ ७(फरकसमाचार)/ मृत अवस्थामा पाटे बाघ फेला परेको छ । मधुवन नगरपालिका–४ कालिका सामुदायिक वनमा मृत अवस्थामा बाघ फेला परेको हो ।

बाघ सडिसकेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख प्रबिण बिडारीले बताए । ‘केही दिन अगाडि नै बाघ मरेको अनुमान छ,’प्रमुख बिडारीले भने,‘राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली ल्याएर पोष्टमार्टमको काम अघि बढेको छ ।’

बाघ कसरी मर्यो एकिन भएको छैन । पोष्टमार्टमपछि कसरी मर्यो खुल्ने प्रमुख बिडारीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय