स्वावलम्बी समुहका सदस्यलाई विउ बाख्रा उपहार
आइतबार, जेठ १३, २०८१ मा प्रकाशित

बर्दिया,जेठ १३(फरकसमाचार)/ बारबर्दिया स्थित स्वावलम्बी समुहका सदस्यहरुलाई बिउ बाख्रा उपहार प्रदान गरिएको छ । बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र थारु महिला उत्थान केन्द्रको सहजीकरणमा संचालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उधमशिलता साझेदारी परियोजना अन्तर्गत स्वावलम्बी समुहका सदस्यहरुलाई विउ बाख्रा उपहार प्रदान गरिएको हो । यस कार्यक्रम अन्र्तगत गठन भएका १५ वटा स्वावलम्बी समुहका १ सय १८ जना सदस्यहरुलाई बिहीबार र शुक्रबार गरि २ सय ३६ वटा विउ बाख्रा उपहार प्रदान गरिएको छ ।

अहिले उपहार प्रदान गरिएका बाख्राबाट उत्पादन भएका बाख्रा खुसी राजीका साथ पछि उपहार स्वरुप अन्य सदस्यलाई उपहार प्रदान गर्नेछन् । आर्थिक समृद्धिका लागी पशु पालन तथा कृषि खेती मुख्य आधार भएकोले यो परियोजनाबाट सदस्यहरुको जिविको पार्जनमा सुधार हुने विश्वास छ ।

बारबर्दिया नगरपालिकाको ११ वडामा २२ वटा मुल समुह र ६६ वटा उपहार समुह गरि जम्मा ८८ वटा स्वावलम्बी समुह गठन भई कार्यक्रम संचालन भैरहेको छ । कार्यक्रममा आवद्ध सदस्यहरुको क्षमता अभिबिद्धि, आय आर्जन क्रियाकलापमा आवद्ध गराउने तथा प्राविधिक सहयोग गरि जिविको पार्जनमा सुधार गर्ने उद्देश्यले परियोजना संचालन भएको छ । उत्पादन भएका कृषि तथा पशु जन्य बस्तुको सहकारी मार्फत सामुहिक बजारीकरणमा जोड दिने र सहकारी मार्फत सदस्यहरुलाई प्रविधिक सेवा तथा अन्य सेवा प्रदान गर्ने गरि यो परियोजना संचालन भएको छ ।

संचालित परियोजनामा २ हजार २ सय ६९ घरपरिवार आवद्ध रहेको परियोजनाका संयोजक किशोर कुमार थारुले जानकारी दिए ।
बाख्रा उपहार प्रदान कार्यक्रममा बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । बाख्रा उपहार प्रदान कार्यक्रममा बारबर्दिया नगरपालिका नगर प्रमुख छविलाल थारु, उप–प्रमुख रत्ना कुमारी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने र थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्म सिंह थारुलगायत समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय