गर्मीले बर्दिया अस्पतालमा बिरामी खचाखच
बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित

बर्दिया,जेठ २४(फरकसमाचार)/ बढेको अत्याधिक गर्मीले अस्पतालमा बिरामी खचाखच रहेका छन् । इमरजेन्सी वार्डमा बिरामीको संख्या खचाखच हुँदा अस्पतालले बिरामीलाई बाहिर राखेर उपचार सेवा दिन बाध्य भएको छ । केही दिन यता बढेको अत्याधिक गर्मीले अस्पतालमा दिनहुँ बिरामीको संख्या बढ्दै गएको छ ।

अत्याधिक गर्मीले विषेशगरि झाडापखाला, शरीर दुख्ने र ज्वरो आएका बिरामीको संख्या बढ्दै गएको इमरजेन्सी वार्डका अहेब गया प्रसाद चौधरी जनाए । ‘इमरजेन्सी वार्डमा प्रयाप्त बेड छैन,’उनले भने,‘बर्दिया अस्पतालको इमरजेन्सी वार्डमा अहिले ७ वटा मात्र बेड छ ।’ बिरामीको चाप बढ्दा कहिले काही एउटै बेडमा दुई जना बिरामीलाई राखेर उपचार गर्नु परेको छ त कहिले बाहिर राखेर उपचार गर्नु परेको उनले सुनाए । अस्पतालको इमरजेन्सी भवन बनाएर प्रयाप्त बेड राख्न राज्यसंग अहेब चौधरीले माग गरेका छन् ।

गर्मीका कारण एक वर्ष मुनिका बच्चाहरुमा ज्वरो आउने समस्या बढ्दो रहेको बर्दिया अस्पतालका बाल रोग विशेषज्ञ डा.विश्वनाथ शाहले बताए । ‘पहिला दुई/तीन दिनसम्म ज्वरो आउँछ,’डा.शाहले भने,‘त्यसपछि बान्ता हुने,पातलो दिशा हुने र बच्चा सुस्त हुने समस्या देखिएको छ ।’ गर्मीसंगसंगै भाईरल इन्फेक्शन पनि बढिरहेको छ । ‘बच्चालाई खुवाउँदा सरसफाई भएन भने बच्चालाई संक्रमण भई पखाला लाग्छ,’डा.शाहले भने,‘पखाला लागेपछि बच्चाले खाना खान मान्दैन, सुस्त हुन्छ र एक सय बढी ज्वरो आउँने लक्षण देखिन्छ ।’

बाहिर तापक्रम बढेको छ । त्यसमा बान्ता र पखाला गरेको बच्चाको शरीरमा पानीको मात्रा कम हुन्छ । यस्तो गर्मीमा बच्चालाई पटक पटक पानी, आमा दूध, फ्रुट र जिवनजल खुवनाउन बालरोग विशेषज्ञ डा.शाहले सुझाएका छन् । एक सय डिग्री बढी बच्चालाई ज्वरो आएमा तत्काल नजिकको अस्पतालमा गएर चिकित्सकलाई देखाउनसमेत बालरोग विशेषज्ञ डा.शाहले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय