लुम्बिनी प्रदेश स्तरीय जलवायु कार्य र न्याय नेटवर्क गठन
शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित

हेमराज भट्ट

बर्दिया,जेठ २५/विश्व वातावरण दिवसको आवसरमा लुम्बिनी प्रदेश स्तरीय “जलवायु कार्य र न्याय नेटवर्क” गठन गरिएको छ । वातावरण संरक्षणको क्षेत्रमा क्रियाशिल क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल), काठमाण्डौं नामक संस्थाले नमस्कार शाहको संयोजकत्वमा ११ सदस्यीय लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य र न्याय नेटवर्क गठन गरेको छ ।

प्रदेश तहमा वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, स्वच्छ हावा र जलवायु न्याय सम्बन्धी नीतिगत सवाल, कार्यान्वयन तथा पैरवी गर्ने उद्येश्यले सञ्जाल गठन गरिएको हो । लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य र न्याय नेटवर्कमा हेमराज भट्ट, हेमन्तराज काफ्ले, खुमेश सुवेदी, समीर ओली, सुष्मा ग्रेस, सरु सुनार, हेमा सुनार, लुना बुढाथोकी, सिमरत कौर, र सुष्मा बस्याल सदस्यको रुपमा रहनुभएको छ ।

क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल), काठमाण्डौंको छातामुनि सञ्चालन गर्दै आएको यो नेटवर्कले जलवायु र वातावरण संरक्षणका प्रयासहरूमा एकता बढाउन मञ्च प्रदान गर्नेछ । नेपालका अन्य प्रदेशमा पनि छिट्टै यस्तै नेटवर्क स्थापना गरी देशभर संगठनको सञ्जाललाई मजबुत बनाउने लक्ष्य रहेको संस्थाका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय