जुवा खेलिरहेका ६ जना पक्राउ
सोमबार, जेठ २८, २०८१ मा प्रकाशित

बर्दिया,जेठ २८(फरकसमाचार)/ जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–२ हिना राइस मिल पछाडि सगुनको रुखमुनि बसेर जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले शनिबार छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–६ बस्नेत ५२ वर्षिय धुर्व देवकोटा(दाताराम), राजापुर नगरपालिका–२ का ६० वर्षिय राजाराम थारु, ठाकुरबाबा नगरपालिका–१ का ३२ वर्षिय संदीप कुमार थापा, गेरुवा गाउँपालिका–६ का ३० वर्षिय मोहर मली कुरेसी, गुलरिया नगरपालिका–१ का ३३ वर्षिय आशुतोष यादव, वडा नंम्बर ७ का श्याम शर्मा र वडा नंम्बर ८ का ३७ का बिनोद कुमार थारु रहेका छन् ।

जुवा खालबाट नगद रु १ लाख ३१ हजार २ सय ५ बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरि मोबाईल ५ वटा, तास ५ गड्डी, त्रिपाल १ वटा, चप्पल १३ जोर, जुत्ता ३ जोर र कार्पेट १ वटा फेला परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय