बर्दियामा निर्दोष बचाउँ अभियान सुरु
सोमबार, जेठ २८, २०८१ मा प्रकाशित

बर्दिया,जेठ २८(फरकसमाचार)/ बर्दियामा निर्दोष बचाउँ अभियान सुरु भएको छ । गुलरिया नगरपालिका–७ आप बगैँचामा आइतबार भएको भेलाले निर्दोष बचाउँ अभियान सुरु भएको हो ।

निर्दोष बचाउँ अभियानले ११ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ । रिसिईबी तथा अन्य षड्यन्त्रले जबरजस्ती करणी मुद्दामा निर्दोष व्यक्तिहरु कारागार जिवन बिताउन बाध्य रहेको आफन्तहरुले दावी गरेका छन् । यस्ता निर्दोष व्यक्तिलाई न्याय दिलाउन पहल कदमी भुमिका निर्वाह गर्ने उदेश्यले समिति गठन भएको जनाईएको छ ।

समितिको अध्यक्षमा जयबेला भेरीकार, उपाध्यक्ष ललिता खडका, सचीव गोमा आचार्य, सहसचिव दिपारानी थारु, कोषाध्यक्ष सुनिता परियारसहित ११ सदस्यीय समिती गठन भएको छ । गठन भएको समितिले निर्दोषलाई न्याय दिलाउने उदेश्यले अघि बढ्ने अध्यक्ष भेरीकारले जनाईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर