बाँसगढी नगर अधिबेशनमा एमाले भित्र आरोप–प्रत्यारोप
सोमबार, जेठ २८, २०८१ मा प्रकाशित

बर्दिया,जेठ २८ / बाँसगढी नगरपालिकाको अधिबेशनमा धाधलि गरेर आइतबार दिउँस नगर पदाधिकारीको नाम सार्वजनिक गरिएको बिषयमा एमाले भित्र असन्तुष्ट पक्षको गम्भीर आपत्ति छ ।

बाँसगढी नगर अध्यक्षका दाबेदार नर बहादुर वलि सहित अन्य ईच्छुक उम्मेदवारलाई झुक्काएर सर्वसहमिबाट जित बहादुर रोकायलाई अध्यक्ष सहित ७५ जना पदाधिकारी घोषणा गरेको असन्तुष्ट पक्षका कार्यकर्ताको दाबी छ ।

जिल्ला अध्यक्ष शालिकराम अधिकारीको निर्देशनमा आफू खुसी वा कार्यकर्तामा भित्रका एस मेन सेलेक्सन गरिएको गम्भीर आरोप छ । बाँसगढी स्थित अतिथ होटलको सभा हलमा आइतबार ठिक ४ बजे दिउँस आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित कार्यकर्ताले दादागिरी शैलिमा गरिएको पदाधिकारी घोेषणाले मान्यता नपाउँने तर्क गरे । नगर अधिबेशनका लागि २ सय ६७ प्रतिनिधि चयन गरिएको थियो । सर्वसहमितबाट चयन नहुने देखिएपछि २५ गते शुरु भएको अधिबेशन लम्बिएको हो ।

अधिबेशनमा चुनाव हुने देखिएपछि अध्यक्ष अधिकारी पक्षधरले बलमिच्चाई गरेर ८० जना प्रतिनिधि नाम समाबेश गरेको समेत आरोप छ । प्रतिनिधि चयनमा घोटाला भएको आंशकापछि लुम्बिनी प्रदेश कमिटिले लेखेको पत्रमा प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले हस्ताक्षर छ ।

प्रदेशले बिबादरहित बनाउँनका लागि अधिबेशन स्थगन गर्ने पत्राचार गरेपछि अध्यक्ष अधिकारी पक्षधरले धमाधम नगर अधिबेशन सर्वसम्मत भएको घोषणा गरेको सदस्य राज कुमार महतराले बताए । निर्वाचन प्रक्रिया पुराउँन अध्यक्षबाट धर्म थापाको नाम तान्न लगाएर नगर अध्यक्षमा जित बहादुर रोकाय सहितको नाम अर्को पक्षले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा एक सय बढि कार्यकर्ता सहभागिता जनाएका थिए । उता, अध्यक्ष र निर्वाचन चुनाबी प्रक्रिया पुरा गरेर अधिबेशन सम्पन्न गरेको जिल्ला अध्यक्षले दाबी गरे । ‘अधिबेशन निर्वाचन प्रक्रिया पुरा गरेकाले पदाधिकारीको नाम सार्वजनिक गरिएको हो,’उनले भने,‘अध्यक्षलाई भन्दा निर्वाचनको प्रक्रियाको बारेमा निर्वाचन मण्डलाई सोध्नुहोस ।’

झुक्काएर र प्रक्रिया मिचेर सम्पन्न गरिएको नगर अधिबेशनले मान्यता नपाउँने उल्लेख गर्दे सामानान्तर कमिटि गठनका लागि पार्टी भित्र छलफल सुरु भईसकेको नेता तथा जिल्ला कमिटि सदस्य वलीको भनाई छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय